रत्ननगर १० मा पाँच करोडको बजेट तयारी

चितवन । पुर्बी चितवन स्थित रत्ननगर नगरपालिका वडा नं. १० ले आगामी आर्थिक वर्ष ०७५–०७६को लागि ५ करोड भन्दा बढी बजेट ल्याउने तयारी गरेको छ । आगामी आर्थिक वर्षको लागि योजना तथा तर्जुमा माग गर्दै वडा भित्रका समपुण टोलमा पुगेको वडाले वडा भित्रको बिकाशको लागि ५ करोड भन्दा बडीकोल रकम ल्याउन लागेको वडा अध्यक्ष केशब आचार्यले जानकारी दिए ।

आर्थिक वर्ष ०७४–७५मा ७५ लाखको मात्र बजेट ल्याएकोमा जनतासंग प्रत्यक्ष जोडिएर काम गर्दा ३ करोड बराबरको काम भएको वडा अध्यक्ष आचार्यले बताए । आचार्यका अनुसार आगामी बर्षको लागि वडाले वडा कार्यलय निर्माण देखि, बाल उद्यान निमार्ण र बृद्ध–बृद्धा मिलान केन्द्रको कामलाई प्राथमिकता दिएको छ ।

आगमाी बर्ष आउने बजेटबाट वडाले मुख्यत सडक निर्माण र कृषि क्षेत्रलाई प्राथमिक्ता दिएको वडा सचिब बासु रिजालले जानकारी दिए । २० वटा टोल रहेको वडा नम्मर १० ले वडा भित्रबाटै करको दायरा फराकिलो बनाएर वडा भित्र हुने कृषि क्षेत्रको उत्पादनमा जाने जग्गाको समेत तरकारी उत्पदन कर्ताबाट शुल्क लिने गरि नगर समक्ष समन्वय गर्ने वडा अध्यक्ष आचार्यले बताए ।

हाल वडा भित्र देखिएका शार्बजनिक जग्गाको बिषयमा अब वडा कार्यलय चुप लागेर बस्न नसक्ने भन्दै जग्गा संरक्षणमा नगरपालिकालाई सहयोग गर्न समेत आर्चायले आग्रह गरेका छन । आईतबार बैरियामा बिमा भएको आगामी बर्षको योजना तर्जुमा कार्यक्रमा वडाका ५ टोलले आफ्नो टोलको समस्या राखेको थिए ।

कार्यक्रममा बगैचा टोका अध्यक्ष रामनाथ खनाल, स्वाभलम्मन टोलका दिलबहादुर थापा, जनजागृती टोलक एक बहादुर जिसी, पर्सौनी टोलकी सोभा ओली , शान्ति टोला भरत खनाल, बैरिया माबिका प्रधानाध्यापक युबराज पौडेल, सक्षम आमा समुहकी अध्यक्ष बिन्दा खड्का, नगर स्तिरिय दुग्द उत्पादक सहकारी संघका अध्यक्ष शिबकान्त पौडेल लगाएतले आँफ्नो क्षेत्रको समस्या सँगै वडाले तत्काल कार्य गर्न सक्ने कुराका बिषयमा वडालाई जानकारी गराएका थिए ।

Loading...