मिस एसईई स्टारको प्रतिभा प्रदर्शन

नवलपुर । मिस एसईई स्टार चितवन २०१८ का फाइनल प्रतिस्पर्धीहरुले आइतबार क्षमता प्रदर्शन गरेका छन् । लाइभ एण्ड लिड इन्टरनेशनलको आयोजना भएको मिस एसईई स्टार चितवन २०१८ को फाइनल जेठ १९ गते गैंडाकोटमा हुंदै छ ।

फाइनलमा २८ जना किशोरीहरुले प्रतिस्पर्धा गर्ने छ । आइतबार २८ जनाले नै आफ्नो क्षमता प्रदर्शन गरेको नेपाल डायरिजका प्रबन्ध निर्देशक विनेश थापाले जानकारी दिए । क्षमता प्रदर्शन कार्यक्रममा कुमारी बैंक चितवन शाखाका प्रबन्धक उपेन्द्र खड्का, नारायणी कला मन्दिरका डान्स गुरु सुमित लामा र केएसएस इभेन्टका सञ्चालक सुजन श्रेष्ठ निर्णायक मण्डलमा रहेका थिए ।

मिस एसईई स्टार चितवन २०१८ विजेतालाइ नगद ५० हजार रुपैंया, दोस्रोलाइ ३० हजार रुपैंया र तेस्रो हुनेलाइ २० हजार रुपैंया पुरस्कार दिइने नेपाल डायरिजका प्रबन्ध निर्दशक थापाले जानकारी दिए । टाइटल विजेता र फस्ट रनर अप हुने प्रतियोगीलाइ अक्सफोर्ड कलेजमा पुर्ण छात्रावृत्ति दिइने उनको भनाइ छ ।

प्रतियोगितामा १३ सब टाइटल पुरस्कार राखिएको उनले वताए । मिस एसईईको छनौट चरणमा ८७ जना किशोरीहरु सहभागि भएका थिए ।

Loading...