प्रदेश २ मा बदलिँदै सत्ता समिकरण, राजपा अाउट हुँदै नेकपा इन

काठमाडौँ । प्रदेश २ का सत्तारूढ दल संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालबीच दुरी बढ्दै गएको छ। यो सँगै प्रदेश २ मा सत्ता समिकरणमा फेरवदल हुने देखिएको छ ।

केन्द्रमा फोरम सरकारमा सामेल हुने र प्रदेशमा राजपालार्इ हटाएर फोरम नेपाल कम्युनिष्ट पार्टीको गठबन्धन बन्ने संकेत देखिएको छ । यद्पी नेकपाले प्रदेशमा सरकारलार्इ दिएको समर्थन फिर्ता लिइसकेको छ।

केन्द्रिय सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रमलाई फोरमले समर्थन गरेको छ। फोरमले राखेको संशोधन प्रस्ताव फिर्ता लिँदै समर्थन गरेको हो ।

केन्द्र र प्रदेशमा दुई फरकखाले दृश्य देखिए पनि दुवै घटनाक्रम नेकपा र फोरमको गठबन्धनसहित केन्द्र एवंम प्रादेशिक सरकार बनाउने उदेश्यबाट निर्देशित छन् ।

फोरमका वरिष्ठ नेता अशोक राईले सत्तारुढ दल नेकपासँग आईतबार बिहान भएको छलफलपछि सरकारमा जाने सम्भावना बढेको बताए । अाइतबार नै फोरम नेताहरूले कम्युनिष्ट पार्टीका दुर्इ अध्यक्षहरू प्रधानमन्त्री केपी अोली र प्रचण्डसँग भेटवार्ता गरेका थिए।

भेटावार्तासँगै सत्ता समिकरणको सम्भावना बढेर गएको हो।

Loading...