हावाहुरीले माडीमा विद्युत प्रवाह अवरुद्ध

चितवन । गएराती आएको हावाहुरी र वर्षाका कारण माडी क्षेत्रको विद्युत सेवा अवरुद्ध भएको छ । माडी नगरपालिका–४ सिधुवामा विद्युत सप्लाईको लागि गाडिएको पोल ढल्दा विद्युत सेवा अवरुद्ध भएको हो ।

विद्युत सेवा सुचारु नहुदा ४ हजार उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् भने व्यवसाय गर्दै आइरहेका व्यापारीको समेत व्यवसाय प्रभावित भएको छ । माडीमा पटक पटक यस्ता समस्याहरु देखिदै आइरहेको छ ।

कहिले विद्युतको तारमा समस्या त कहिले प्रकृतिले यस्ता समस्या नित्याईरहेको छ । यसको समाधान गर्नका लागि सरकारले दिगो योजना बनाएर अगाडी बढ्न समेत स्थानीयको आग्रह छ ।

माडीमा आएको हावाहुरीका कारण के कति क्षति बारे एकिन नभएको र त्यसको संकलन भईरहेको माडी नगरपालिकाले जनाएको छ । माडीमा हावाहुरीका कारण विभिन्न ठाउमा रुख ढल्दा यातायात सेवा समेत प्रभावित बनेको छ ।

Loading...