नेपाल थाइल्याण्डको कुटनीतिक सम्बन्ध स्थापना दिवसको अवसरमा रक्तदान

काठमाडौं । गैर आवासीय नेपाली संघ थाइल्याण्डले नेपाल र थाइल्याण्डबीच कुटनीतिक सम्बन्ध स्थापना भएको स्वर्ण जयन्तीमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। एनआरएनए थाइल्याण्डको युवा फोरमले थाइ रेडक्रस सोसाईटी बैंककमा आयोजना गरेको रक्तदान कार्यक्रममा नेपाली समुदायका प्रतिनिधि तथा अन्य देशका प्रतिनिधिहरुले समेत रक्तदान गरेका थिए।
कार्यक्रममा थाइल्याण्ड स्थित नेपाली दुतावासका डेपुटी चिफ अफ मिसन जंगबहादुर गुरुङ, एनआरएनए अन्तर्राष्ट्रिय परिसदकासदस्य तथा नेपाली पोलिसी इन्स्टीच्यूटका अध्यक्ष खगेन्द्रराज ढकाल, नेपाली पोलिसी इन्स्टीच्यूटका कार्यकारी सदस्य सरद न्यौपाने, थाइल्याडका प्रथम सगरमाथा आरोही थितीनान रोजानफानीज, नेपालका १६३ औँ पटक रक्तदान गरेका रक्तदाता अर्जुनप्रसाद मैनालीलगायतले रक्तादान गरेको एनआरएनए थाइल्याण्डका महासचिव रवि महर्जनले जानकारी दिए।
आयोजकका तर्फबाट अध्यक्ष आसाजीत अवालेले सहभागिहरुलाई धन्यवाद ज्ञापन गरेका थिए। रक्तदान कार्यक्रममा ५६ जनाले रक्तदान गरेको कार्यक्रमका संयोजक श्रीहरी आचार्यले जानकारी दिए।
एनआरएनएको इतिहासमा एनआरएनए थाइल्याण्ड रक्तदान कार्यक्रम आयोजना गर्ने २२ सदस्य देश हो।

Loading...