५२ जनाले गरे रक्तदान

चितवन,नेपाल युवा रेडक्रस सर्कल कृषि तथा वन बिज्ञान बिश्व बिद्यालयले आयोजना गरेको रक्तदान कार्यक्रमा ५२ युनिट रगत संकलन भएको छ । आँफ्नो आठौँ बार्षिक उत्सबको अबसरमा कृषि तथा वन बिज्ञान बिश्व बिद्यालयले रेडक्रस सर्कलको समन्वयमा गरेको रक्तदान कार्यक्रमा ५२ जनाले रक्तदान गरेको युवा रेडक्रस सर्कल कृषि तथा वन बिज्ञान बिश्व बिद्यालयका अध्यक्ष सुदर्शन अधिकारीले जानकारी दिए ।

पछिल्लो समय चितवनमा देखिएको रगत अभाबका कारण सर्बसाधरणले रगत प्राप्त गर्न समस्या भए पछाडि सर्कलले रक्तदान कार्यक्रको आयोजना गरेको अध्यक्ष अधिकारीले जानकारी दिए ।

मंगलबार संकलन भएको ५२ युनिट रगत मंगलबारनै क्षेत्रिय रक्त संचार केन्द्र भरतपुरमा पठाईएको छ । रेडक्रस सर्कलले चितवनमा रगत अभाब हुन नदिनेको लागि प्रत्येक ३ महिनाको अन्तरालमा रक्तदानका कार्यक्रम गर्दै आएका छ ।

Loading...