परेवाकोटमा युवाले शैक्षिक सामाग्री सहयोग गरे

चितवन । हाम्रो दृष्टि, राम्रो दृष्टि संस्था भरतपुरले राप्ती–१ परेवाकोटमा रहेको राष्ट्रिय आधारभूत विद्यालय (१–५) लाई शैक्षिक सामाग्री सहयोग गरेको छ । सो विद्यालयमा अध्ययनरत १७० जना विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको हो । सो विद्यालयमा अधिकांस विद्यार्थी चेपाङ समुदायका छन् । कापी, कलम, इरेजर, स्केल लगायतका शैक्षिक सामाग्री सहयोग गरिएको संस्थाका अध्यक्ष बसन्त गैरेले जानकारी दिए ।

युवाको सक्रियतामा गठित संस्थाले सामाजिक अभियानमा सक्रिय सहभागिता जनाउदै आएको छ । संस्थाका उपेन्द्र अधिकारीले विद्यार्थीलाई अध्ययनमा प्रोत्साहन स्वरुप शैक्षिक सामाग्री सहयोग गरिएको बताए । कार्यक्रममा विद्यालयका प्राधानाध्यापक लक्ष्मी ओली, विद्यार्थी सुदीप थिङ, शिक्षिका सुनिता तामाङले युवा सक्रियतामा भएको सहयोगको प्रशंसा गरे ।

संस्था सचिव गोविन्द भुषाल, कोषाध्यक्ष सुवास चपागाईले सामाजिक अभियानलाई निरन्तरता दिइने बताए । यसैबीच, हाम्रो दृष्टि, राम्रो दृष्टि संस्थाले सचेतनामुलक कक्षा, हाजिरजवाफ प्रतियोगिता, विविध खेलकुद कार्यक्रम गरेको थियो । विभिन्न प्रतियोगितामा विजयी विद्यार्थीलाई प्रमाणपत्र सहित आकर्षक पुरस्कार समेत दिइएको थियो ।

Loading...