बजेट छर्ने कामको अन्त्य गर्दैछौं: मेयर नारायण वन

रत्ननगर । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले साना योजनाको नाममा बजेट छर्ने कामको अन्त्य गर्न लागिएको बताएका छन । वडा नं.१७ पिठुवामा आयोजित योजना छनौट कार्यक्रममा उनले साना साना योजनामा विनियोजित बजेट दुरुपयोग भएको भन्दै बजेट बजेट छर्ने कामको अन्त्य गर्न लागिएको बताए ।

अब हामी साना योजनामा बजेट विनियोजन गदैनौं उनले भने साना योजनाहरुलाई पनि ठुलो योजना अन्तर्गत समावेस गरी बजेटलाई परिणाममुखी बनाउने छौं । मेयर वनले २५,५० र एक लाखको योजना तर्जुमा नगर्न वडाहरुलाई निर्देशन दिएका छन । उनले कन्तिमा पाँच लाख सम्मको देखिने योजना दर्जुमा गरेर नगरपालिकामा पेश गर्न आग्रह गरे ।

नगरवासीले विकासको अनुभूति गर्न सक्ने गरी योजना छनौटको प्रक्रियामा रहेको भन्दै मेयर वनले सोही अनुसार वडाहरुले पनि योजना बनाउनु पर्ने बताए । उनले नगरका समग्र योजनालाई संख्यात्मक रुपमा घटाउने तयारी गरिएको बताए । चालु आर्थिक बर्षमा ८०० योजना रहेको भन्दै मेयर वनले आगामी आर्थिक बर्षमा त्यसलाई झारेर ४०० मा ल्याउने तयारी रहेको बताए । नगरको विकासको लागि प्रतिफल दिने ४०० वटा मात्र योजना तर्जुमा गर्ने तयारी रहेको उनले बताए ।

वडागत ३०० र नगरको १०० गरी ४०० वटा योजना तर्जुमा गरिने मेयर वनले बताए । कार्यक्रममा वडा नं.१६ का वडा अध्यक्ष हेमराज थापाले आगामी आर्थिक बर्षको लागि खानेपानी,सडक कलोपत्रे,कृषि,शिक्षामा पूर्वाधार विकास र प्रविधिक शिक्षा,स्वास्थ्य सुधारको लागि जनचेतना मुलक कार्यक्रम,सडक बत्ती,अपाङगको लागि सीपमुलक कार्यक्रम लगायतका योजना तर्जुमा गरिने बताए । वडा सचिव शंकर बहादुर गिरीले वडाबासीले वडामा पूर्वाधार निर्माणमा जोड दिएको बताए ।

Loading...