डिजिटल प्रविधिबाट कर संकलन सुरु

नवलपुर । उद्योग ब्यवसायिहरुलाई करको दायरामा ल्याउन कावासोतिमा डिजिटल प्रविधिवाट कर संकलन गरिने भएको छ । कावासोती नगरपालीका र उद्योग वाणिञ्य संघ नवलपुरको संयुक्त रुपमा नगर भित्रका वजार क्षेत्र वडा नं २, ३ ,८ र १६ वडाहरुमा रहेका व्यवसायहरुलाई फरक ढङ्गवाट कर संकलन गरिने भएको हो ।

बुधबार नयां प्रविधि वाट कर संकलनका लागी ३ दिने कर संकलनका लागी आयोजना गरिएको अभिमुखी तालीममा नगर प्रमुख चन्द्रा कुमारी पुनले डिजिटल प्रविधि नयां एप्सको क्लिक गरेर प्रविधिको सुरुवात गर्नुभएको हो । प्रविधिको शुरुवात गर्दै प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख पुनले सवै ब्यवसायिलाई करको दायरामा ल्याउन प्रविधिले महत्वपुर्ण भुमिका खेल्ने वताउनुभयो ।

त्यस्तै कार्यक्रममा वोल्दै नगर उप प्रमुख प्रेम शंकर मर्दनियाले नयां मोड र ढंगवाट काम गर्ने उद्देश्यले ढिलै भएपनि राजस्व संकलन ब्यवसायिक ब्यवस्थापनमा आफुहरु लागी परेको वताउनुभयो । कार्यक्रममा वोल्दै कावासोति नगरपालीकाका प्रशासकिय अधिकृत रोसन ज्ञवालीले कार्यक्रमको वारेमा प्रस्ट पार्दै ब्यवसायिलाई करको दायरामा ल्याउन दिर्घकालीन योजना अनुरुप नयां प्रविधि भित्राईएको वताउनुभयो ।

उद्योग वाणिञ्य संघ नवलपुरका अध्यक्ष डासुराज पोख्रेलको अध्यक्षतामा आयोजीत कार्यक्रममा प्रशिक्षण संतोष सिग्देलले दिनुहुनेछ । उद्योग वाणिञ्य संघका वरिष्ठ उपाध्यक्ष पुष्प पाण्डेले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रममा महांसचिव वैकुण्ठ अर्यालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Loading...