अन्तर्राष्ट्रिय सडक सुरक्षा नियमावली चितवन ट्राफिकलाई हस्तान्तरण

चितवन । अन्र्तराष्ट्रियस्तरको सडक सुरक्षा नियमावली सम्वन्धी पुस्तक गैर आवासिय संधले चितवनको जिल्ला ट्राफिक प्रहरी कार्यलयलाई प्रदान गरेको छ ।

जिल्लामा अन्र्तराष्ट्रिय सवारी संचालनको नियम कस्तो छ भन्ने जानकारी नहुदाँ नेपालीहरु विदेशमा गएर सवारी संचालन गर्दा अप्ठारो पर्ने भएकोले संधका विदेश विभाग संयोजक सोम सापकोटाले जिल्ला ट्राफिक प्रमुख सन्तोष पन्तलाई प्रदान गर्नु भएको हो ।

प्रहरी निरिक्षक पन्तले प्राप्त पुूस्तक जिल्लामा रहेका डाईभिङ ईस्टिच्युटका संधलाई प्रदान गर्नु भएको हो । पुस्तक हस्तान्तरण कार्यक्रमलाई लायन्स क्लव अफ चितवनले समन्वय गरेको थियो ।

Loading...