विश्व धुम्रपान रहित दिवसमा चितवनमा सचेतनामुलक कार्यक्रम

चितवन, विश्व धुम्रपान रहित दिवस चितवनमा बिभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ । दिवसको अवसरमा नारायणगढमा सचेतना ¥यालीको आयोजना गरियो । सुर्तीजन्य पदार्थको सेवन र हृदयरोगको सम्भावना भन्ने नाराका साथ मनाइएको दिवसमा जिल्लाका विभिन्न सरोकारवाला निकायको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै चितवनका प्रदेश २ (ख) का सांसद विजय सुवेदीले धुमपान रहित समाज नै आजको आवश्यकता रहेको वताए । धुमपान तथा सुर्तिजन्य पदार्थ सेवनले समाजमा विकृति फैलाउनुका साथै क्यान्सरको समेत सिकार हुनुपर्ने भएकाले सचेत हुन उनले सबैलाई आव्हान गरे ।


कार्यक्रममा अर्वुद रोग निवारण संस्था चितवनका सभापति दिनेश कुमार चुकेले नेपालमा प्रत्येक दिन १६ जनाले सुर्तिजन्य पदार्थ सेवन गर्नाले ज्यान गुमाउनु परेको बताए । नेपालमा गरेको सर्वेक्षण अनुसार प्रत्येक दुई पुरुष मध्ये एकले र प्रत्येक तिन महिला मध्य एकले सुर्ति जन्य पदार्थ सेवन गर्ने गरेको उनको भनाई छ ।
धुमपानका कारण हुने क्षति न्युनिकरण र सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने उद्धेश्यले विश्व स्वास्थ्य संगठनको अह्वानमा मे ३१ तारिखमा यो दिवस मनाउने गरिन्छ । सुर्तीजन्य पदार्थको प्रयोग घटाउन सके ११ प्रतिशत मृत्यु घटाउन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा सुर्तीजन्य पदार्थकै कारण बर्से्नि २५ हजारभन्दा बढी मानिसको ज्यान जाने गरेको सरकारी तथ्याङ्क छ । चुरोट सुर्तीले खानेलाई मात्र नभएर यसको आसपासमा बस्नेलाई पनि असर गर्छ । धुमपान गर्ने धेरैजसोलाई फोक्सो र मुखको क्यान्सर हुने गरेको छ भने पछिल्लो तथ्याङले कलेजोमा पनि असर पर्ने देखाएको छ । गर्भवती भएका बेला सूर्ती तथा चुरोट खाँदा पेटमा भएको बच्चाको कलेजो बिगार्ने अनुसन्धानकर्ताले बताएका छन् । सुर्तीजन्य पदार्थको प्रयोगले बर्से्िन हजारौँ मानिसले क्यान्सर, मुटु, हृदयाघात, स्ट्रोकजस्ता समस्याबाट ज्यान गुमाउने पनि सरकारले जनाएको छ ।

Loading...