मेराे ‘सर्टिफिकेट’काे मुल्य

- माेहनचन्द्र रुम्बा

एक जना युवा पत्रकार, प्रमाेद अाचार्यले केही समय अघि स्नातकोत्तर तहकाे थेसिस काण्ड सार्वजनिक गरे । विभिन्न अनुसन्धानहरुबाट प्राप्त निचोडलाई अाफ्नै बलबुतामा लेख्नु पर्ने बाैद्धिक बिषयकाे खुलेअाम व्यापार भएकाे खबर बाहिर निकाल्ने उनकाे प्रयास थियाे । र सफल पनि बने । तर याे बिषयले न अरु थप स्थान पाएकाे देखेँ न सम्बन्धित निकायले चासाे देखायाे ।

बजारमा बाैद्धिक चाेरी घटनामा विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारी र पुस्तक पसलेकाे प्रत्यक्ष संलग्नता भएकाे खबर प्रमाणहरु सहित बाहिरियाे । तर नियामक निकायले बेवास्ता गरिदिंदा दण्डित हुनु पर्ने मनुवाहरुमा अरु चाेरी गर्ने हाैसला थपिदियाे । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले समेत स्थान दिएकाे याे बिषयलाई नेपालमा भने रत्तिभर पनि चर्चा गरिएन । न सरकारी तबरबाट यस बिषयलाई गम्भीर रुपमा लिए न अरु शैक्षिक अभियन्ताहरुले नै चासाे देखाए । उल्टै चाेरहरुकाे दिमागमा जे गरे पनि कुनै ‘माईकालाल’हरुले केही बिगार्न सक्दैनन् भन्ने सन्देश संचार गराउने काम भयाे । याे घटनाकाे पुनर्ताजगी गर्नुकाे तत्परता यहाँ उल्लेख गर्नेछु ।

तपाई हामी बर्षाै लगाएर लिएकाे शिक्षा कस्ताे ? याे बास्तवमै व्यवहारिक छ ? विद्यार्थी जीवनबाट अलगिएपछि बाँकी जीवन यापनमा यस्ले कती भुमिका खेल्न सक्ला । सवाल नयाँ पक्कै हाेईन तर, बाध्यताकाे चंगुलमा फस्न पुगेकाहरुसंग भएका केही घटनाले यसलाई फेरि सम्झाईदियाे । यहाँ अध्ययन निरर्थक छ भन्न खाेजिएकाे पनि हाेईन । भविष्यमा यसकाे अवगुणलाई हटाउन प्रेरित हाेस् भन्नकाे खातिर बिषय उठान गरिएकाे मात्र हाे । अघिल्लो पंक्तिमा उल्लेखित बिषयलाई हेर्दा शिक्षा क्षेत्रमा विकृति कसरी हुदाे रहेछ भन्ने स्पष्ट छ । र यसमा संलग्नहरुकाे अनुहार प्रस्टै देखिन्छ । शिक्षार्थीले विषयकाे अर्थ जानुन् नजानु, प्राध्यापकले बुझाउन सकुन् नसकुन् खास सराेकार नहुने । विद्यार्थीलाई प्रमाणपत्र र शिक्षकलाई जागिरसंग बाहेक अरु कुनैसंग सराेकार नै नहुने । यस्तै घटनाहरु बाहिरी रहदां हामीले प्राप्त गरेका शिक्षाकाे गुणस्तर बारे अरु छलफल गर्नै परेन ।

 

व्यवहारिक शिक्षाकाे सवाल नयाँ हाेईन । तर सरकारकाे सिमित नितिले केही गुणस्तर बनाउन खाेजिएकाे शिक्षा प्रणालीमा पनि माटाे मिसाउन खाेज्ने जमातले बदनाम गरिरहेकाे छ । जीवन उपयोगी शिक्षा प्रणाली अाजकाे अावश्यकता हाे । पहिलाे हरफमा उल्लेखित समाचार अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुमा हिट लिस्टमा प्रकाशित भए । विश्व बजार यति तेजसंग अघि बढि रहेकाे छ कि हामी उसकाे रफ्तार मात्रै अनुमान गरिराखेका छाैं, सहभागी बन्न सकेका छैनौं । अाफ्नाे शिक्षाकाे स्तरलाई मजबुत बनाउन भन्दा पनि कागजकाे खाेस्टाे देखाएर जागिर खाने मेसाे खाेजिरहेका छाैं । त्यसैले त हामीले बर्षाै लगाएर प्राप्त गरेकाे प्रमाणपत्रहरु अन्तर्राष्ट्रिय बजारले रद्धिमा फालिएको कागजकाे टुक्रा समान पनि हैसियत नदिईरहेकाे अवस्था छ । लाखौं खर्च गरेर लिएकाे केही प्राविधिक बिषयका प्रमाणपत्रधारीहरुकाे हालत केहीहदसम्म राम्रो पनि छ । तर तुलनात्मक रुपमा हुनुपर्ने जति छैन ।

 

खासगरी जाे बैदेशिक राेजगारीकाे सिलसिलामा बहिर छन्, सबै भन्दाबढी ग्लानी उनिहरुलाई जब हुन्छ तब उसले प्राप्त गरेकाे शिक्षाकाे रत्तिभर पनि कदर हुदैन । अाफ्नाे शैक्षिक याेग्यता भन्दा निकै तल रहेर काम गर्नुपर्ने बाध्यता छ । उसले बाल्यकालकाे बचपन र युवास्थाकाे याैवन भुलेर अार्जन गरेकाे शिक्षाकाे अवमूल्यन हुदाँ थकथकि लागि नै हाल्छ । डिग्रीकाे सर्टिफिकेट दराजमा थन्क्याएर कि गेटमा सलाम ठाेक्न बस्नुपर्छ कि, झाडुपाेछा लिएर भुईमा दलिनु पर्छ । यस बाहेक अरु हैसियत हामी नेपाली मध्ये कमै भाग्यमानीले मात्रै पाउँछन् ।

 

म राेजगारी कै सिलसिलामा विगत २ बर्षदेखि देशबहिर छु । याे अबधिमा भलाकुसारी भएकाहरुकाे कथा र प्रत्यक्ष देखे भेटेकाहरुकाे कथा देखेर सुनेर याे बृतान्त लेख्ने जमर्को गरेकाे हुँ । नवलपरासीका रामशरण चाैधरी मैले भेटेका मध्येका एक पात्र हुन्, जाेसंग स्नातककाे प्रमाणपत्र छ । तर उसले विगत ४ बर्षकाे अवधिमा संयुक्त अरब ईमिरेटसमा सेक्युरिटी काम गरेरै विताए । जब कि यहाँ सेक्युरिटी गार्डको जागिरको लागि एसएलसी पास भए पुग्छ । चाैधरीकाे भनाइलाई सापटी लिने हाे भने, ब्याचलर सकाएपछि नेपालमा नै भने जस्ताे जागिर नपाएर बिदेश भासिएका हुन् । अहिले उनलाई एसएलसीपछि स्नातकसम्म समय मात्रै बर्बाद गरेकाे झै लाग्छ । हालकाे जागिर बाहेक उनले अरु कम्पनीहरुमा पनि अाबेदन नदिएका हाेईन्न तर शिक्षाशास्त्रमा स्नातक गरेका उनले गरिअाएकाे भन्दा राम्रो जागिर पाउनै सकेनन् । या भनाैं उनकाे याेग्यतालाई न देशले कदर गर्याे न बिदेशले ।

 

बर्षाै खर्चेर सुनाैलाे भविष्यको कामना गरिरहने लाखौं युवाहरु जाे क्याम्पसहरुमा छन्, उनीहरु पनि रामशरण कै ट्रयाकमा दाैडिरहेकै हुन त ? यदि हाे भने किन उर्जावन समय शैक्षिक बेरोजगारी बन्नका लागि खर्च गर्ने ? सवालहरु अनागिन्त छन् । जसकाे जवाफ दिन न शिक्षाका ठेकेदार व्यापारी तयार छन्, न विद्यार्थी स्वयं र सरकार तयार छन् ।

 

अर्का पात्र रसुवाका बिजय लामा हुन्, उनकाे कथा रामशरणकाे भन्दा कत्ति पनि फरक छैन । १ वर्षअघि रत्नराज्य लक्ष्मी क्याम्पस काठमाडौंमा स्नातकोत्तर तह पहिलाे वर्षमा भर्ना भएलगत्तै घरकाे हालतले उनलाई परदेशी बनायाे । समाजशास्त्रका विद्यार्थी लामा अहिले डेलिभरी व्वायका रुपमा कार्यरत छन् । मैले यी विषयलाई उजागर गरेर कामलाई ठुलाे सानाे भन्न चाहेकाे हाईन् । उल्लेखित दुई पात्रालाई यी बाहेक अाफ्नाे याेग्यता अनुसारकाे काम नपाए पनि बाध्यताकाे बन्धनले कसिदिएकाे छ ।

 

साथीभाईसंग भेट हुदाँ प्रायः अल्झिने बिषय नै यहि बन्छ । उसले हासिल गरेकाे डिग्रीकाे महत्व नहुदाँ मन अशान्त रहनु अस्वभाविक कहाँ हाे र ? अनि हामीलाई लाग्छ, “सायद भाग्य नै दाेषी हाे ।” दाेष जति भाग्यलाई लगाएर मनमा दन्किरहेकाे अपमानकाे अागाे निभाउनु शिवाय उपाय पनि त छैन । सबैभन्दा माथी उल्लेख गरिएको बिषयमा शिक्षामा भएकाे विकृति र अन्तर्राष्ट्रिय बजारहरुमा हुने हाम्रो शिक्षाकाे अवमूल्यनमा केही कनेक्शन पक्कै छ । हामीबाटै हुने यस्ता बिकृति राेक्न सके अरुले पत्याउने वातावरण बन्थ्याे कि भन्ने अाशा जिवित छ ।

 

नेपालमा अझै पनि खाडी भासिएकाहरुलाई मरुभूमिमा भेडा चराउन र युरोप अमेरिका पुगेकालाई जुठाे भाडा माझ्न जाने हाे, भन्ने मानसिकता छ । याे मानसिकताले विदेशीलाई पनि गाँजेको छ । अर्थात नेपाली लेबर क्लासका हुन् भन्ने बुझाई अरु देशका कामदार र नेपालीकाे साधारण तलब सुविधा हेर्दा नै बुझ्न गार्हाे पर्दैन । हालै सरकारले ल्याएकाे कार्यक्रमले नेपालमा रहेका शैक्षिक बेरोजगारीहरुलाई अाशा जगाउने काम त भएकाे छ । तर विगतमा जस्तै बजेट भाषणमा अाउने कार्यक्रमकाे कार्यान्वयन नहाेला कि भन्ने अाशंका पनि जिवित नै छ । जे भएपनि विश्वविद्यालयले दिएकाे कागजकाे टुक्राकाे सरकारले ७ लाख रुपैयाँ मूल्य त ताेक्याे । नभएकाे मामा भन्दा के मामा जाती भने जस्ताे चाहिँ पक्कै सबैलाई भएकाे छ ।

सरकारकाे नीति तथा कार्यक्रमले स्वदेशमा नै उद्यमशीलताकाे प्रवर्द्धन गर्नमा टेवा पुग्ला ? यसले अाफ्नै देशमा केहीहदसम्म राेजगार सिर्जना गर्नमा पनि भुमिका पक्कै खेल्ने छ । तर याे पर्याप्त छैन् । त्यसैले अाफ्नाे देशकाे शिक्षा प्रणालीमा सुधार गरि गुणस्तरीय शिक्षा प्रदान गरिनु अाजकाे अावश्यकता हाे । शिक्षामा हुने गरेकाे यस्ता विकृतिहरुकाे अन्त्य गर्नमा सबैकाे दायित्व बराबर छन् । सबैभन्दा बढी नेपालमा चर्चा हुने गरेकाे बैज्ञानिक शिक्षा प्रणाली लागू कहिले हाेला र म जस्ताले अाफ्नाे हैसियत अनुसारकाे जगिर देशविदेश जता पनि पाउन सकिएला । सबैभन्दा धेरै सुधारबादी शिक्षा अर्थात वैज्ञानिक शिक्षाकाे कुरा गर्नेहरु नै अहिलेका महामहिमहरु छन् । र त पिडित शिक्षित युवाहरुकाे अाशा भराेसा बाँकी नै छ । जय देश ।

[email protected]

Loading...