नवनियुक्त मेडिकल सुपरिटेण्डेन्टबाट पदबहाली

चितवन । भरतपुर अस्पतालका नवनियुक्त मेडिकल सुपरिटेण्डेन्ट डा. रविन खड्काले शुक्रवार एक कार्यक्रमका वीच पदभार ग्रहण गर्नु भएको छ । अस्पतालमा आयोजित स्वागत कार्यक्रममा अस्पतालका निवर्तमान मेडिकल सुपरीटेण्डेन्ट डा. रुद्रप्रसाद मरासिनीले डा. खड्कालाई पदभार ग्रहण गराउनु भएको हो ।

डा. खड्का वुधवार भरतपुर अस्पतालको मेसु नियुक्त भएका थिए । स्वागत मन्तव्य ब्यक्त गर्दै भरतपुर अस्पतालका पुर्व मेसु विजय पौडेलले भर्खरौ नियुक्त भएर आउनु भएका डा. खड्कालाई सफल कार्यकालको शुभ कामना दिनु भएको छ । स्वागत कार्यक्रममा बोल्दै नवनियुक्त मेसु डा. खड्काले भरतपुर अस्पताललाई प्रादेशिक मेडिकल कलेजको रुपमा विकास गर्न सम्भव सबै प्रयत्नहरु गर्ने प्रतिवद्धता जनाए ।

भरतपुर अस्पताल पहिलाको भन्दा धेरैं नै सुधार भएको आफुले पाएको भन्दैं मेसु डा. खड्काले अस्पतालका सवै चिकित्सक, पारामेडिक्स, कर्मचारी, राजनीतिक दल, नागरिक समाज, अन्य सरोकारवाला सवै पक्षहरुसँगको सहयोगमा थप विकास र उन्नत गर्न सफल हुने बताउनु भएको छ । रेडियोलोजिष्ट डा. खड्का यसअघि मध्यपेश्चिम क्षेत्रीय अस्पतालमा कार्यरत थिए ।

Loading...