एक वर्षमा सवारी दुर्घटनाबाट नवलपुरमा ५४ को मृत्यु

नवलपुर । आर्थिक वर्ष २०७४÷०७५ मा वर्दघाट सुस्ता पूर्व नवलपरासीमा सवारि दुर्घटनामा परि ५४ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यलयले जनाएको छ । जस्मा सबै भन्दा बढि आश्विन महिनामा सवारी दुर्घटनामा परि ८ जनाले ज्यान गुमाएको तथ्याङ रहेको छ ।

यस्तै मृत्यु हुनेमा ४३ जना पुरुष, ६ जना महिला , ६ जना बालक र २ जना बालिकाको ज्यान गएको देखिएको छ । सवारी दुर्घटनामा परि ७१ जना गम्भीर घाइते भएका हुन भने ६९ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी नवलप्ुरको तथ्याङकले जनाएको छ ।

यस्तै १४५ वटा सवारीलाई नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलयको तथ्याङ अनुसार आर्थिक वर्ष २०७४÷०७५मा सबै भन्दा बढि मोटर साइकलकै कारण दुर्घटना भएको देखिएको छ । दुर्घटनामा परि संकलन गरिएको साधन मध्ये सबै भन्दा धेरै साधन मोटर साइकल नै रहेको छ जस्मा ३५ वटा मोटर साइल दुर्घटनामा परि नियन्त्रणमा लिएको ट्राफिक कार्यलयले जनाएको छ ।

यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपुरले दिएको जानकारी अनुसार आर्थिक वर्षमा सबै भन्दा बढि मोटर साइकल कारर्वाहीमा परेको जनाएइको छ । हाल सम्म कसल ५ हजार ५ सय २४ वटा मोटर साइकल कारर्वाहिमा परेका छन ।

यस्तै अन्य साधनहरुमा ट्याक्टर १ हजार १ सय ३०, बस ८ सय ७, ट्रक ४ हजार ८ सय ५२ , जिप कार १ हजार ९ सय ८७ गरि जम्मा १४ हजार ३ सय सवारीहरु कारर्वाहिमा परेका छन । सबै सवारी कारर्वाहि बाट कुल ८ लाख ६८ हजार ५ सय रुपैमा राजश्व संकलन भएको जनाएको छ ।

Loading...