विद्यालय स्तरमा नै कृषि शिक्षाको व्यवस्था गर्नुपर्छ: मन्त्री लामा

 चितवन । प्रदेश नम्बर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले विद्यालय स्तरमा नै कृषि शिक्षाको व्यवस्था गर्नूपर्ने बताउनुभएको छ । शनिवार प्याब्सन चितवनले भरतपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री लामाले शैक्षिक पाठ्यक्रममा नै कृषिलाई बिशेष महत्व दिनुपर्ने बताउनभयो ।

“कृषि पेशालाई अब मर्यादित र ब्यबस्थित बनाउँदै लैजाने हो । उहाले भन्नुभयो,बिद्यार्थीलाई यसतर्फ आकर्षित गर्नुपर्छ । उहाले विद्यार्थीलाई उत्पादनमूलक क्षेत्रमा लाग्न प्रेरणा दिने खालको शिक्षा दिनुपर्नेमा जोड दिनुभयो ।

अध्ययन गर्ने नाममा विद्यार्थी र युवा जनशक्ति बिदेश पलायन हुनबाट रोक्नुपर्ने मन्त्री लामाले बताउनुभयो । अध्ययन र अवलोकन गर्न बिदेश गएपनि त्यो अनुभब आफ्नै देशमा प्रयोग गर्नुपर्ने उहाँको भनाई छ । प्रदेश नम्बर ३ लाई संमृद्ध बनाउने अभियानमा आ–आफ्नो ठाँउबाट सबैले सहयोग गर्न मन्त्री लामाले आग्रह गर्नुभयो ।

जग्गाको बर्गीकरण गरेर कृषियोग्य जमिनको संरक्षण गर्ने र कृषिलाई आधुनिकिकरण गर्ने अभियानलाई बिशेष प्राथमिकता दिएको मन्त्री लामाले बताउनुभयो । प्रदेश सरकारले बिशेष महत्वका साथ कृषिलाई नीति तथा कार्यक्रममा समाबेश गरेको जानकारी दिनुभयो ।

Loading...