काव्यिक अनुभुतिमा दुई दर्जन कवि

चितवन । चितवन साहित्य परिषद्ले जेष्ठ कविहरुका काव्यिक अनुभुति २०७५ आयोजना गरेको छ । कार्यक्रममा चितवनका कविहरुले दुई दर्जन बढि कविता वाचन गरेका थिए ।

चितवन साहित्य परिषदले शनिबार फरक किसीमको साहित्यीक कार्यक्रम गरेको हो । कार्यक्रममा पाका कविहरुका कविता वाचन भएका थिए । विभिन्न चरणमा गरेर कविहरुले कविता वाचन गरेका चितवन साहित्य परिषदका अध्यक्ष सुरेन्द्र अस्तफलले जानकारी दिए ।

७ ओटा चरणमा गरेर कविता वाचन भएको अस्तफलले वताए । कार्यक्रममा गोविन्दराज विनोदी, केदारनाथ खनाल, प्राडा नारायण प्रसाद खनाल, एलबी क्षेत्री लगायतले कविता वाचन गरेका हुन् । कविहरुले २÷२ ओटा कविता वाचन गरेका हुन् ।

Loading...