काँग्रेस सच्चिएर अगाडि बढ्नुपर्छः काँग्रेस नेता सिटौला

चितवन । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब नेपाली कँग्रेस सच्चिनुपर्ने बताउनु भएको छ । नेपाली कँग्रेस चितवनले शनिबार नारायणगढमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता सिटौलाले निर्वाचनमा भएको पराजयलाई आत्मसाथ गर्दै नयँ बाटो तय गर्नुपर्ने बताउनुभयो ।

देशको राजनितिमा परिवर्तन आएको छ ,गएको निर्वाचनमा गठबन्धनको नामबाट भोट मागेकाहरु आज एउटै भैसके उनले भने,अब बलियो संगठन बनाउनुको बिकल्प छैन् । कँग्रेसका नेता कार्यकर्ताको मानसिकता सत्तामा हुदा जस्तो हुन नहुने सिटौलाको भनाई छ । अझै पनि कँग्रेस जनताको माझमा जान नसकेको भन्दै सिटौलाले जनताको समर्थन विना तागत प्राप्त हुन नसक्ने स्पष्ट पार्नुभयो । जनताको बिश्वास नै हाम्रो तगत हो ,सिटौलाले भन्नुभयो, जनताबाट जे प्राप्त हुन्छ, त्यो जनताका लागिनै प्रयोग गर्ने हो ।

काँग्रेसकै नेतृत्वमा देशमा बिभिन्न उपलब्धीहरु भएको भन्दै उहँले त्यसलाई संस्थागत गर्ने दायित्व पनि कँग्रेसकै रहेको बताउनुभयो । सिटौलाले कँग्रेसका नेता कार्यकर्ता फुटेर भन्दापनि जुटेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उक्त कार्यकर्ता भेटघाट कार्यक्रममा स्वागत मन्तव्य ब्यक्ति गर्दै जिल्ला सभापति जितनारायण क्षेष्ठले नेपाली कांग्रेसले अव पार्टीभित्रबाट सबै कुरा सुधार गरे मात्र नेपाली कांग्रेस मज्बुत हुन्छ, नभए पार्टी डुब्ने बताउनु भएको छ । कार्यक्रममा प्रदेश नंः ३ का सांसद मिलन बाबु श्रेष्ठ, नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति टेक प्रसाल गुरुङ,लगायतको उपस्थित रहेको थियो ।

Loading...