चितवन प्रहरीको थ्री एस अप्रेशन

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले सञ्चालन गरेको थ्री एस अपरेशनलाइ अझ प्रभावकारी बनाउन जनशक्ति थप गर्ने जनाएको छ । सर्च, स्विप र स्क्रिनिङ अपरेशनलाइ ग्रामिण भेगसम्म पु¥याउन थप ३० जना सादा पोशाक सहितका प्रहरी खटाउने तयारी भएको प्रहरी कार्यालयले जनाएको छ ।

थ्री एस अपरेशनका लागि मात्रै भनेर जिल्ला प्रहरी कार्यालय चितवनले अहिले २५ जना प्रहरी खटाएको छ । जेठ ४ गतेदेखि शुरु भएको थ्रि एस अपरेशन प्रभावकारी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

थ्री एस अपरेशन सञ्चालन पछि ठुलो परिमाणमा घरेलु मदिरा नष्ट र प्रतिबन्धित लागु औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक प्रभु प्रसाद ढकालले जानकारी दिए ।

घरेलु मदिरा बनाएर विक्री वितरण गर्ने ३ सय ६ जनालाइ नियन्त्रणमा लिई ३० जनालाइ कानुन बमोजिम कारबाहि गरिएको ढकालले वताए । प्रतिबन्धित लागुऔषध बोकेर हिड्ने व्यक्तिहरु पनि निरुत्साहित भएको उनको दावि छ ।

दैनिक रुपमा ठुलो परिमाण्मा गांजा तथा लागुऔषध नियन्त्रणमा लिएर नष्ट गर्ने गरिएको उनले वताए । थ्री एस अपरेशन सञ्चालन पछि सार्वजनिक स्थलमा हुने सामाजिक विकृति जन्य क्रियाकलापमा पनि कमी आएको महसुस गरिएको उनको भनाइ छ । थ्री एस अपरेशन निरन्तर सञ्चालन गरिने उनले वताएका छन् ।

Loading...