राजपाले प्रदेश २ मा फोरम सरकारलार्इ दिएको समर्थन फिर्ता लिने

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवं प्रदेशसभा सदस्य मनीष सुमनले प्रदेश २ को फोरम नेतृत्वको सरकारबाट आफ्नो पार्टी फिर्ता हुने स्पष्ट पारेका छन् ।

राजधानीमा बुधबार आयोजित साक्षात्कारमा बोल्दै नेता सुमनले मधेस आन्दोलनको भावनाविपरीत उपेन्द्र यादव सरकारमा गएको आरोप लगाए । नेकपा र फोरम नेपालबीच भएको दुई बुँदे सहमति सत्तामा चढ्ने सिँढी मात्रै भएको पनि उनले बताए ।

२५ जेठमा बस्ने पार्टीको राजनीतिक समिति बैठकबाट प्रदेश २ को सरकारबाट अलग हुने र केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने पनि उनले प्रस्ट पारे ।

Loading...