अपांग आयोग बनाउन माग

चितवन । अपांगता भएका व्यक्तिहरुले आफ्ना हक अधिकारका लागी अपांग आयोग बनाउनुपर्ने माग गरेका छन् । आफुहरुले पाउने हक अधिकार कार्यान्वयनका लागि आयोग बनाउनुपर्ने उनिहरुको भनाइ छ ।

अपांग जागरण अभियान नेपालले आयोजना गरेको अपांगता हक अधिकार तथा समावेशी विकास प्रवधिकरण कार्यक्रममा बोल्ने अपांगता भएका व्यक्तिहरुले सरकारले व्यवस्था गरेको सेवा सुविधाबाट अपांगता भएका व्यक्तिहरुले अझै पनि लाभ लिन नसकेको गुनासो गरेका हुन् । यातायात, स्वास्थ्य, शिक्षा लगायत विभिन्न क्षेत्रमा आफुहरुको सेवा सुविधा कार्यान्वयन गर्न चुनौतिपुर्ण रहेको अपांग जागरण अभियान नेपाल चितवनका अध्यक्ष अम्बिका लाल श्रेष्ठले जानकारी दिए ।

स्थानिय तह देखि प्रदेश र राष्ट्रिय सभामा समेत अपांगता भएका व्यक्तिहरुको प्रतिनिधित्व नरहेको भन्दै उनले आयोग मार्फत हक अधिकार स्थापित गर्नुपर्ने वताए । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले अपांगता भएका व्यक्तिहरुका लागि राज्यले व्यवस्था गरेका हक अधिकार र सेवा सुविधा कार्यान्वयनका लागि प्रतिबद्ध रहेको वताए ।

अपांग महासंघका पुर्व अध्यक्ष डा. विरेन्द्र पोख्रेलले अपांग भन्ने शब्दलाइ असक्षमताको रुपमा प्रयोग नगर्न आग्रह गरे । शरिरको कुनै एक अंगमा आएको विचलन मात्र भएकाले अपांगहरुलाइ असक्षम भन्न नमिल्ने र सांग व्यक्ति सरहका काम गर्न सक्ने वताए । अपांगता भएका व्यक्तिहरुको सिप विकास कार्यक्रम अन्तर्गत वातावरणमैंत्री झोला बनाउने तालिमका लागी १० लाख रुपैंया विनियोजन गरिने उनले जानकारी दिए । साउन पछि जिल्लामा रहेको महिला तथा बालबालिका खारेज हुंदै छन् ।

Loading...