अचेत अवस्थामै जन्मघर पुगेर फर्किए न्यूरो सर्जन देवकोटा

काठमाडौं । वरिष्ठ न्यूरो चिकित्सक डा. उपेन्द्र देवकोटालाई जन्मथलो गोरखा पुर्याइएर फर्काइएको छ । शनिबार उनकै इच्छाअनुसार देवकोटालाई हेलिकप्टरमार्फत जन्मस्थल गोरखाको पालुङटार नगरपालिकाको आँपपिपल लगिएको थियो ।

गोरखास्थित जन्मघर पुर्याएलगत्तै उनले नजिकेको सिस्नेपानी धाराको पानी पिएका थिए । उनलाई मुलको पानी चम्चाको सहायताले पिलाइएको थियो ।

राजधानीको बाँसबारीस्थित न्यूरो अस्पतालको सघनकक्षमा उपचाररत डा.देवकोटाले एक्कासि आफ्नो जन्मघर जाने र त्यहाँको सिस्नेधाराको पानी खाने इच्छा जाहेर गरेपछि उनलाई गाउँ लगिएको जनाइएको थियो । डा. देवकोटालाई शनिबारै काठमाडौं ल्याइएको छ ।

Loading...