बालिकाको उपचारका लागि सहयोगको याचना

चितवन । बोन म्यारोको नामले चिनिने ब्लड क्यान्सर जस्तो घातक रोग लागेर भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बालिकाको उपचारको लागि परिवारले सहयोगको याचना गरेका छन् ।

चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १५ माधवपुर घर भएकी ८ वर्षीया बालिका शरिषा लामिछानेलाई ब्लड क्यान्सर देखिएपछि विगत तीन हप्तादेखि उनको नियमित उपचार भइरहेको छ । पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण बालिकाको उपचार खर्च जुटाउन नसकेर आइतबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै उनका बाबु नारायण लामिछानेले आर्थिक सहयोग गर्न आग्रह हुन् । बालिकाको उपचारको लागि हालसम्म चार लाख रुपैयाँ खर्च भइसकेको र अझै कम्तीमा पनि २५ लाख रुपैयाँ खर्च हुने चिकिसत्कहरुको भनाइ रहेको लामिछानेले जानकारी दिए ।
सिरिषाको उपचारको लागि सामाजिक सञ्जाल फेसबुक मार्फत समेत शिरिषा लामिछाने बचाउ अभियान सुरु गरेको स्थानीय युवा सन्दिप भट्टले बताए । उक्त अभियानबाट हालसम्म ५० हजार रुपैयाँ संकलन भइसकेको भट्टले जानकारी दिए । सिरिषाको उपचारको लागि हिमालयन बैंक लिमिटेडको नारायणगढ शाखामा रहेको सिरिषा लामिछानेको खाता नम्बर ००८०७३५३५६००१९ मा आर्थिक सहयोग गरिदिन समेत परिवारले आग्रह गरेको छ ।

Loading...