महेश संस्कृति गुरुकुलमको रजत महोत्सव

चितवन । महेश सन्यास आश्रम, महेश संस्कृत गुरूकुलम् देवघाटधाम, तनहुको रजत महोत्सव २०७५ अन्तरगत आइतबार नारायणगढमा विशेष सत्संग कार्यक्रमको शुभारम्भ भयो ।

श्री १००८ स्वामी रमणानन्द गिरिजी महाराज प्रमुख बाचक रहेको समारोहमा उवासंघ चितवनका अध्यक्ष सहनलाल प्रधानले दीप प्रज्वलन र देवघाट क्षेत्र विकासका अध्यक्ष टंकनाथ पौडेलले माल्यार्पण गर्नु भएको थियो । महेश आश्रमले रजत महोत्सवको अवसरमा देशव्यापी कार्यक्रम गर्दै आएको गुरुकुलका प्राचार्य डा. गुरुप्रसाद सुवेदीले जानकारी दिनुभयो । उवासंघ चितवनको सभाहलमा आयोजित कार्यक्रम सोमबारसम्म चल्ने छ ।

Loading...