महिला सेयर सदस्यलाई नेतृत्व विकास तालिम

चितवन । एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थामा रहेका महिला शेयर सदस्यहरुका लागि नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम दिएको छ । सोमबार भरतपुरमा आयोजना भएको कार्यक्रममा सिनर्र्जी एफएम्का सिनियर कार्यक्रम प्रस्तोता अजिता अधिकारीले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा लायन्स् क्लब अफ नारायणगढ नारायणीका अध्यक्ष रजनी मास्के रहनुभएको थियो । संस्थाको गतिविधि तथा महिला शेयर सदस्यहरुमा विशेष गरी नेतृत्व विकास तथा क्षमता अभिवृद्धि गर्नको लागि कार्यक्रमको आयोजना गरीएको संस्थाले जनाएको छ ।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष महेन्द्र शाक्य, संस्थाका महिला शेयर सदस्यहरु र संस्थाकै कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो । संस्था र कार्यक्रमको बारेमा जानकारी दिनुहुदै संस्थाका व्यवस्थापक सरु ढकालले कार्यक्रम सहजीकरण गर्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष बालगोपाल चुकेको अध्यक्षतामा सम्पन्न भएको हो ।

Loading...