विना दर्ता सञ्चालित पसल बन्द

चितवन । विना दर्ता सञ्चालन गरेको पाइएपछि नारायणढको भुलन पान भण्डार बन्द गरिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय, खाद्य निरीक्षक, प्रहरी, उपभोक्ता अधिकार संरक्षण मञ्चलगायको संयुक्त टोलीले गरेको अनुगमनको क्रममा दर्ता नगरी सञ्चालन गरेको पाइएपछि ७ दिनको म्याद दिएर बन्द गराइएको जिल्ला प्रशासन कार्यालय चितवनका बजार अनुगमन अधिकृत ओमनारायण शर्माले बताए ।

उनलाई जिल्ला प्रशासनमा दर्ता गरेको प्रमाणसहित उपस्थित हुन भनिएको शर्माले बताए । करिब दुई दर्जन होटलहरुमा अनुगमन गर्दा किचनमा बढी फोहोर भेटिएकोले सरसफाइमा ध्यान दिन आग्रह गरिएको उनले बताए ।

१२ वटा रेष्टुरेण्टहरुलाई भने किचनको चिम्नी सुधार्नको लागि पत्र छाडिएको उनको भनाइ छ । बजार आउने सर्वसाधारणहरुले लायन्सचोकदेखि पुलचोकसम्मको प्रायः होटलहरुमा धेरै होटलको किचन निकै फोहोरो भेटिएको , काचो र पाकेको एकै ठाउमा राखेको भेटिएको खाद्य निरिक्षक प्रबिण तिवारीले बताउनु भयो ।

त्यस्तै ढकाल रेष्टुरेन्ट,जमघट रेष्टुरेन्ट, कर्मा रेष्टुरेन्ट, मामा रेष्टुरेन्ट लगाएतले किचनको फयान बाटोतिर फर्काएर राख्ने गरेकाले सर्वसाधारणलाई त्यसको धुवा तथा खारले ठुलो असर गरेको उपभोक्ता अधिकार संरक्षण मन्च चितवनका उपाध्यक्ष बिष्णु भुषालले बताउनु भयो । अनुगमनमा जिल्लाका विभिन्न सञ्चार मध्यमका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो

Loading...