खानेपानी धार जडानमा सिण्डिकेट

चितवन । भरतपुर खानेपानी व्यवस्थापन बोर्डले खानेपानीको नयाँ धारा जडानमा सिण्डिकेट लगाउन थालेको छ । एकद्धार प्रणाली लागु गराउन भन्दै बोर्डले नयाँ धारा जडानमा सिण्डिकेट लागु गराएको पाइएको हो ।

बोर्डले विगत ५ बर्षदेखि भरतपुर १० मा रहेको कार्यालय र कृष्णपुर वितरण केन्द्रबाट धारा वितरण गर्दै आएकोमा गएको बैंशाख ३१ गते एक सूचना जारी गरी कृष्णपुर वितरण केन्द्रबाट नयाँ धारा वितरणमा रोक लगाएको हो । नयाँ पानीको धारा जडानका लागि कृष्णपुर कार्यालय जानेहरु अहिले झण्डैं दुई किलोमिटर पर रहेको बोर्डको कार्यालयमा धाउन बाध्य भएका छन् ।

भरतपुर महानगरपालिका वडा नः ४, ५, ६,७ र ८ का स्थानीयहरु नयाँ धारा जडान र पानीको महसुल तिर्न कृष्णपुर वितरण केन्द्रमा जाने गरेका थिए । सेवालाई विकेन्द्रीत गरि जनतालाई सेवा दिनुपर्नेमा कमिसनको चक्करमा जनताले पाउँदै आएको सेवा कट्टौंती गरिएको आरोप एक कर्मचारीले लगाए ।

बोर्ड नयाँ धारा जडानका लागि पाँच हजार तीन सय रुपैंया लिदै आएको छ । कर्मचारीहरुले नै धाराको मिटर जडान र पाइप सम्वन्धी सामाग्रीहरु बाहिर आफैंले पसल राखेर बेच्दैँ समेत आएका थिए । कृष्णपुर शाखा र भरतपुर केन्द्रबाट यि दुवै आएका थिए ।

बोर्डका प्रशासकिय अधिकृत सञ्जय बराल र नायव सुब्बा महेश कोइरालाको उक्साहटमा कार्यकारी निर्देशक प्रजापति दाहालले जनताले पाउँदै आएको सेवा कट्टौती गरिएको जनाइएको छ । बोर्डको केन्द्रमा रहेका कर्मचारीहरुले गेट बाहिर रहेको सामुहिक हार्डवेयरबाट खानेपानीको मिटर र अन्य लाग्ने सामाग्री बेच्दैँ आएका छन् ।

Loading...