चितवनमा वुलेट वाईकको शोरुम र ईन्दू टेड्रसमा शिलवन्दी, केएल दुगडको डिपोमा कारेवार बन्द

चितवन । वजेट भाषण पछि मुल्य बढाएर बेच्ने उद्धेश्यले स्टकमा रहेको मोटरसाईकल छैन भनि नबेच्ने भरतपुर १२ मा रहेको बुलेट बाईकको शोरुममा प्रशासनले शिलवन्दी गरेको छ ।

विवेक अटोमोवाईल्सको भरतपुर शाखाको रुपमा रहेको रोयल ईनफिल्डको शोरुममा प्रशासनले १ जनालाई मोटरसाईकल खरिद गर्न पठाउदाँ छैन् भने पछि गोदाममा चेकजाँच गर्दा २८ वटा रोयल ईन्फिल्डको क्लासिक मोटर साईकल भेटिए पछि प्रशासनले शिल गरेको हो ।

वजेट भाषण भए पछि १ सय ५० सिसिको मोटरसाईकलमा भन्सार कर वृद्धि गरेपछि शोरुमले महंगोमा पछि बेच्ने गरि स्टकमा रहेका मोटर साईकल विक्री नगरि ठग्न खोजेको जिल्ला प्रशासन कार्यालयका बजार संरक्षण अधिकृत ओम नारायण शर्माले बताउनु भयो ।

यस्तै अनुगमनमा के एल दुगडको नारायणगढ डिपोले एकै समयमा खरिद गरेको तेललाई वजेट भाषण पछि मुल्य बढाएर बेचेको पाईए पछि सो डिपोको सवै खरिद विक्री जफत गरि कारोवार बन्द गरेको छ ।

यस्तै बेलचोमा रहेको किशोरी शाह कलवारको ईन्दु टेड्रसले कुनै पनि कागजपत्र देखाउन नसक्दा सो टेड्रसमा पनि शिलबन्दी गरिएको छ । तेल, चिनी र चामल सहित कुखुराको दानाको लागि आवश्यक पर्ने कच्चा पदार्थ विक्री गर्ने ट्रेडसले अनियमितता गरेको भन्दै दुई महिना अधि आन्तरिक राजस्व कार्यालय पथलैयाले शो ट्रेडसको सवे कागजात जफत गरेर छानविन गरिरहेको छ ।

Loading...