ठेकेदारलाई कारवाही नगर्न गृहमन्त्रीलाई दबाब दिएको छैनः प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समयमा गुणस्तरिय काम नगर्ने ठेकेदार जो कोही भएपनि कारबाही हुने बताउनुभएको छ ।

मंगलवार भरतपुरमा प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले बिकास निर्माणमा लापरबाही गरेको भेटिए आफ्नै घरबेटीलाई पनि कारबाही हुने बताउनुभयो ।

उहाँले, ठेकेदारले गुणस्तरिय काम गनुपर्छ, यदि त्यहा लापरबाही छ भने सरकार कडाइपूर्वक जानुपर्छ, गल्ती गरेको छैन भने प्रोत्साहित हुने बताउनुभयो । प्रचण्डले गृहमन्त्रीलाई यस बिषयमा आफुले कुनै दबाब नदिएको दाबी गर्नुभयो ।

बाहिर चर्चा भएजस्तो गृहमन्त्रीलाई बोलाएर यो गर्नुहोस,त्यो गर्नुहोस् भनेर नभनेको प्रचण्डको भनाई छ । प्रचण्ड ठेकेदार शारदा अधिकारीको खुमलटारस्थित घरमा बस्दै आउनुभएको छ । अधिकारीको शैलुङ कन्स्ट्रक्सनले विभिन्न सडकको ठेक्का लिएर समयमा काम सम्पन्न गरेको छैन ।

प्रचण्डले राष्ट्रिय एकता कायम गर्न र बिकास,संमृद्धीको नया संकल्पका लागि बृहत राष्ट्रिय एकता निर्माण गरिरहेको बताउनुभयो । उहाले राजपालाई पनि सरकारमा ल्याउने बिषयमा छलफल भैरहेको बताउदै सहभागी हुन चाहे सरकारमा सहभागी गराउन सकिने बताउनुभयो ।

कम्तीमा पनि नेपाली कँग्रेस सरकारमा आउनुहुदैंन, ल्याउने योजना पनि छैन, प्रचण्डले भन्नुभयो,बाकी रहेका सबै दललाई सरकारमा ल्यायोभने डेमोक्रेसी चल्छ । प्रचण्डले कतिपय बिषयमा नेपाली काग्रेससंग पनि सहकार्य गरेर काम भैरहेको बताउनुभयो ।

उहाँले राष्ट्रिय महत्वका बिषयमा काग्रेससंग पनि सहमती गरिने स्पष्ट पार्नुभयो । फौजादरी मुद्धा लागेका सांसदलाई निलम्बन गर्ने भन्ने बिषयमा सबैदलको सहमती पछि निर्णय लिइएको उहँले जानकारी दिनुभयो । नियमावलीमा नराखिएपनी ऐनमा भने निलम्बन शब्द राखिने प्रचण्डले बताउनुभयो ।

प्रचण्डले कार्यकारी राष्ट्रपती अहिलेको एजेण्डा नभएको बताउनुभयो । संबिधान निर्माण गर्ने बेलाको एजेण्डा हो,त्यतिबेला हामीले कार्यकारी राष्ट्रपतिको एजेण्डा अघि सारेका थियौं,त्यो अहिलेपनि गलत थियो भनेका छैनौं ।

राष्ट्रपति भन्दापनि यतिबेलाको एजेण्डा सुशासन,बिकास र संमृद्धी भएको प्रचण्डको भनाई छ । प्रचण्डले सरकारले छिट्टैनै जनताले अनुभूति गर्नेगरि काम गर्ने भन्दै क्रमश गेयर बढाउदै लैजाने दाबी गर्नुभयो ।

Loading...