शैलजा आर्चाको स्मृतिमा दीप प्रज्वलन

चितवन । शैलजा आचार्य स्मृती प्रतिष्ठान चितवनले नवौं शैलजा आचार्य स्मृति दिवसको अवसरमा दिप प्रज्वलन तथा सकारात्मक सोच विकासबारे प्रशिक्षण कार्यक्रम गरेको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर १९ को कार्यालयमा आयोजित कार्यक्रममा भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहले नेतृ शैलजाले महिलालाई राजनितिक वृतमा शशक्त रुपमा उभ्याउन खेलेको प्रेरणादायी भूमिकाको चर्चा गरेकीछिन् ।

नेपाली राजनितिक इतिहासमा औंलामा गन्न सकिने नेतृहरुको उपस्थितीकै कारण आजको परिवेशमा महिलाहरु राजनितिमा अघि बढ्न सहज भएको उनले बताइन् । यद्यपी संख्यात्मक वृद्धिले मात्र नभई अव निर्णायक पदमा पनि महिलाको उपस्थिती अत्यावश्यक बन्दै गएको भन्दै आफुलाई तयार गर्न महिलाहरुलाई आग्रह गरीन् ।

कार्यक्रममा प्रोफेसर डाक्टर होम बहादुर वस्नेतले सकारात्मक सोच विकासबारे प्रशिक्षण दिंदै महिला सबलीकरणका लागि सोचमा परिवर्तन आवश्यक रहेको बताए । अरुले डो¥याएर मात्र गन्तव्यमा पुग्ने परिपाटीको अन्त्य गर्दै अधिकार र कर्तव्यका लागि महिला स्वयम हरेक क्षेत्रमा अग्रसर हुनुपर्ने उनको जोड छ ।

शैलजा आचार्य स्मृती प्रतिष्ठान चितवनका वरिष्ठ उपाध्यक्ष विष्णुमाया पौडेलको अध्यक्षतामा भएके कार्यक्रममा वडा नम्बर १९ का वडा सदस्य जयनारायण सापकोटा,चुन्चा परियार, नेपाली कांग्रेस जिल्ला सदस्य डोलकान्ती न्यौपाने,सूर्यकला अधिकारी, महिला संघ चितवनकी सदस्य रेखा गुरुंग , प्रतिष्ठानकी सहसचिव विनु रायमाझी पौडेल लगायतले मन्तव्य राखेकाथिए ।सकारात्मक सोच विकासबारे प्रशिक्षणमा ६० जनाले सहभागिता जनाएको सचिव तारा गुरुंगले जानकारी दिइन् ।

Loading...