श्रमिकको निःशूल्क आँखाको सल्यक्रिया

चितवन । भरतपुर आँखा अस्पतालले एक जना श्रमिकको निशुल्क रुपमा आँखाको उपचार गरिदिएको छ । मोतियाविन्दुका कारण दुई वर्षदेखि दृष्टिबिहीन जीवन बिताइरहेका भरतपुर १२ मा बस्ने रामबहादुर तामाङको निशुल्क उपचार गरिएको हो । भरतपुर आँखा अस्पतालका चिफ मेडिकल डाइरेक्टर डाक्टर रघुनन्दन बेन्जोको पहलमा तामाङको निशुल्क रुपमा मोतियाबिन्दुको शल्यक्रिया गरिएको हो ।

भरतपुर आँखा अस्पताललको पहलमा उनको एउटा आँखाको मोतियाबिन्दू हटाइएपछि अर्को आँखाको मोतियाबिन्दु हटाउन रोटरी क्लब अफ नारायणी मिड टाउनका सदस्यहरुले आर्थिक सहयोग गरेका थिए ।

ज्यालामजदुरी गर्दै पत्नीको साथमा बसोबास गर्दै आएका तामाङले पुनः आफ्नो आँखा फिर्ता पाएकोमा खुसी व्यक्त गरे । अब आफूले आँखा देखेपछि ज्यालादारी गर्दै जीविकोपार्जन गर्न समेत सहज भएको तामाङको भनाइ छ । १० दिनमा दुवै आँखाको शल्यक्रिया गरेर पूर्ण रुपमा आँखा देख्ने भएपछि तामाङ मंगलबार घर फर्किएका छन् ।

Loading...