गाँजासहित भारतीय गाडी नियन्त्रणमा

चितवन । चितवन प्रहरीले भरतपुर महानगरपालिका वडा नं १० मा एक भारतीय गाडीबाट १९ किलो गाजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै बिआर ०६ पी ०७३२ नं को भारतीय टाटा सुमो गाडीबाट सो परिमाणको गाजा बरामद गरिएको जनाएको हो ।

वेवारिसे अवस्थामा फेला परेको सो गाडी जँच गर्दा ढोकाहरुमा फल्स बटम बनाई त्यस भित्र पत्रिका र प्लाष्टिकले बेरेर लुकाइ राखेको अवस्थामा १२ बण्डलमा जम्मा १९ किलो २०० ग्राम गँजा फेला परेको विज्ञप्तिमा जनाइएको छ । गाजा र गाडी बरामद गरिएको र संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Loading...