पूर्ण निशस्त्रीकरणमा किमको प्रतिवद्धता, ह्वाइट हाउसमा फेरी भेट हुनेछ म प्योङयाङ पनि जान सक्छु- ट्रम्प

काठमाडौँ । उत्तर कोरियाली नेता किम जोङ उनले सिङ्गापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको शिखर वार्ताको क्रममा कोरियाली प्रायद्वीपलाई पूर्ण निशस्त्रीकरण गर्ने विषयमा प्रतिबद्धता जाहेर गरेका छन्।

उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीचको एक सम्झौतामा कोरियाली प्रायद्वीपमा नै पूर्ण निशस्त्रीकरण गर्ने सहमतिसहित हस्ताक्षर गरे ।

दुई नेताले सिङ्गापुरमा भएको वार्तापछि एक संयुक्त सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

अमेरिकाले उत्तरकोरियाको पूर्ण, प्रमाणिकरण गर्न सकिने र उल्टाउन नसकिने प्रकृतिको परमाणु निशस्त्रीकरणका लागि जोड दिँदै आएको थियो ।

ह्वाइट हाउसमा फेरि भेट्छौँ– ट्रम्प
यसै वार्ताबाट प्रभावित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेतालाई फेरि भेट्ने बचन दिएका छन्।

सिङ्गापुरमा भएको ऐतिहासिक शिखर सम्मेलनपछि राष्ट्रपति ट्रम्पले नेता किमलाई ह्वाइट हाउसमा भेट्ने बचन दिए।

ट्रम्पले सम्झौता हस्ताक्षर समारोह समापनपछि भने, ‘हामी फेरि भेट्छौँ, सम्भवत हामी ह्वाइट हाउसमै भेट्छौँ।’

दुई नेताबीच भएको पहिलो भेटघाटबाट अत्यन्त प्रसन्न हुनु भएका ट्रम्प उत्तर कोरियाली नेतासँग बारम्बार भेट गर्ने पनि बताए।

त्यस्तै भेटवार्ता पछि अायोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्ले अाँफू प्योङयाङ पनि जान सक्ने बताए।

Loading...