दुई वटा कस्मेटिक पसलमा सिलबन्दी

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ बजारका दुईवटा कस्मेटिक पसल शिल गरेको छ । अनुगमनमा निस्किएको कस्मेटिक उत्पादक कम्पनिका प्रतिनिधि सहितको जिल्ला अनुगमन समितिले अनुगमनका क्रममा नक्कली सामान बिक्री गर्ने गरेको भेटिएपछि पसल शिल गरेको हो ।

पुतलीबजारमा रहेको नरदेबी जनरल स्टोर्स र कमलनगर मैयादेबी मार्गमा रहेको न्यु मन्जरी जनरल स्टोर्स बन्द गराएको हो । टोलिले गुनासोको आधारमा दुईवटामा अनुगमन गरेको र दुवैले नक्कली सामान बिक्री गर्ने गरेको ,खरिद तथा बिक्री बिल नराख्ने गरेको पाईएकाले दुबैलाई शिल गरीएको बजार अनुगमन अधिकृत ओम नारायण शर्माले बताउनु भयो ।

पुतलीबजारमा रहेको नरदेबी जनरल स्टोर्सबाट स्ट्रेक्स कपालमा लाउने कलर ७८ वटा र गानिर्यर ब्राण्डको गानिर्यर नेचुरल कलर २३ वटा बरामद गरेको छ । त्यस्तै कमलनगर मैयादेबी मार्गमा रहेको न्यु मन्जरी जनरल स्टोर्सबाट अनुहारमा लगाउने ओले क्रिम ८ वटा र लेक्मि ब्राण्डको आईकोनिक ५२ वटा बरामद गरेको जिल्ला प्रशासन कार्यालय चितवनका खाद्य निरिक्षक प्रबिण तिवारीले बताउनु भयो ।

उनिहरुको खरिद र बिक्री बिल पनि नियन्त्रणमा लिईएको बजार अनुगमन अधिकृत ओम नारायण शर्माले बताउनु भयो । ओर्जीनल भनी ओर्जीनल जस्तै सामान्य रुपमा हेर्दा नक्कली भन्ने थाहा नहुने खालका नक्कली सामान ब्यवसायीहरुले बिक्री गर्ने गरेका हुन् । नक्कलीमा सबै कुरा ओर्लीनलको जस्तै ब्राण्ड , मुल्य सबै कुरा उस्तै भएकोले नक्कली सामान लाई ओर्लीनल भनी बिक्री गरी ग्राहकहरु माथी ठुलो ठगी भएको स्ट्रेक्स ब्राण्डको कम्पनीको प्रतिनिधि गोबिन्द प्रसाद घोसले बताउनु भयो ।

आफुहरुको कम्पनीको वदनाम गरी ब्यवसायीले कम्पनी तथा सेवा ग्राही दुबै माथी ठगी गरेको उहाँको भनाई थियो । नक्कली सामान बित्री गरी उपभोक्तामाथी ठगी गर्नेहरु माथी कडा कारबाही हुने चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताउनु भयो ।

अधिकांश कस्मेटिक पसलहरुले नक्ली सामान बिक्री गर्ने गरेको आफुकोमा गुनासोहरु आएको बताउदै उहाँले बजारका सबै पसलहरुमा अनुगमन गरि दोशी देखिएमा कडा भन्दा कडा कारबाहि गर्ने चेतावनी दिनु भयो ।

Loading...