तिमी हुन्छौ जहाँ जहाँको प्रमोशनमा निर्माण युनिट

चितवन । असार ८ गते देखि प्रर्दशनीमा आउन लागेको चलचित्र तिमि हुन्छौ जहाँ जहाँको प्रमोशनको लागि निर्माता सहित कलाकारको टोली बुधवार चितवन आएको छ । चितवनमा पत्रकार सम्मेलन गर्दै चलचित्रका निर्माता डालचन्द्र दवाडीले आफनो पहिलो चलचित्र रहेको कारण नेपाली चलचित्रलाई माया गरिदिई चलचित्रको बारेमा जानकारी दिनु हुन आग्रह् गर्नु भएको थियो ।

पत्रकार सम्मेलनमा चलचित्रका नायक मनिष सुन्दर श्रेष्ठ, नायिकाद्धय मलिना जोशी, तमन्ना केसी लगायतको टोलीले चलचित्रमा आफ्नो भुमिकाको बारेमा जानकारी दिनु भएको थियो । १ करोड २५ लाख लगानी रहेको चलचित्र मोफसलका शहरबाट काठमाडौ पुगेर कसरी संधर्ष गर्नु पर्दछ र कसरी जिवन जिउन सक्छ भन्ने कथा समेटिएको नायिका जोशीले जानकारी दिनु भयो ।

विवि फिल्मले निमार्ण गरेको चलचित्रले दर्शकको मन जित्नेमा आफु विश्वस्त रहेको निमार्ण पक्षले जानकारी दिएको थियो ।

Loading...