निःशूल्क पशु स्वास्थ्य शिविर सम्पन्न

नवलपुर । पशु सेवा शाखा देवचुलि नगरपालिकाको आयोजना तथा जनउत्थान बहुउद्देशिय सहकारी संस्था लिमिटेडको सहकार्यमा मंगलवार देवचुलि १७ मा फारममा निशुल्क पशु स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

स्थानिय स्तरका जनताले पालेका पशुहरुको उचित परिक्षण तथा पशुमा देखिएका रोगहरुको उपचार गर्ने उद्देश्यले सो शिविरको आयोजना गरिएको थियो । निशुल्क स्वास्थ्य शिविर कार्यक्रममा देवचुलि नगरपालिकाकी उपप्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै उपप्रमुख तिवारीले पशु पालनबाट तत्काल फाइदा लिने सकिने हुदा पशु पालन गर्न आवस्यक रहेको बताउनुभयो । उपप्रमुख तिवारीले युवाहरु विदेश जानु भन्दा पशु पालनबाट मनग्य आम्दानी गर्न सकिने हुदा अब प्रत्येकले आफ्ना छोरा विदेश पठाउन भन्दा देशमा नै पशुपालन गरि राम्रो आम्दानी गर्न आग्रह गर्नुभयो ।

उहाँले देवचुलि नगरपालिकामा युवाहरुले पशुपालनबाट राम्रो आम्दानी गरेको उदाहरण पनि दिनुभयो । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि रहनु भएका देवचुलि नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत मानबहादुर खड्काले पशुपालन गर्ने कृषकलाई राज्यले पनि प्रोत्साहन गर्ने हुदा पशुपालन तथा तरकारी खेति गर्दा राम्रो हुने बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै देवचुलि नगरपालिकाका पशु विकास अधिकृत धनेश्वर खनालले राज्यले पशुपालन गर्ने कृषकहरुलाई दिने योगदान आफुले प्रत्येक किसानलाई उपलब्ध गराउने बताउनुभयो ।

उहाँका अनुसार आफु कयौ वर्ष देखि यहि पशुपालन तथा पशु चिकित्सकको रुपमा कार्य गर्दे आएको हुदा पनि पशुपालन गर्ने कृषकहरुलाई सहयोग तथा सेवा प्रदान गर्न आतुर हुने बताउनुभयो ।

आयोजित कार्यक्रममा देवचुलि नगरपालीका वडा नम्बर १६ र १७ का वडा अध्यक्षहरुको समेत उपस्थीत रहेको थियो । कार्यक्रममा जनउत्थान सहकारी संस्थाका अध्यक्ष एवम प्रतिनिधहरुको समेत उपस्थीत रहेको थियो । देवचुलि १७का वडा अध्यक्ष विष्णुप्रसाद आचार्यको अध्यक्षतामा आयोजना गरिएको थियो ।

Loading...