चितवनका अग्रज पत्रकार अर्यालको निधन

चितवन । चितवन पोष्ट दैनिकका सम्पादक धर्मराज अर्यालको निधन भएको छ । पत्रकार अर्यालयको आज भरतपुरस्थित निवासमा विहान ६३ वर्षको उमेरमा निधन भएको हो । पत्रकार अर्याल उच्च रक्तचाप, मधुमेह रोगबाट पीडित हुनुहुन्थ्यो ।

वि.सं.२०३८ सालदेखी पत्रकारिता सुरु गर्नुभएका अर्याल १५ वर्षसम्म राष्ट्रिय समाचार समिति (रासस)मा संवाददाता र सम्पादक भएर जागिर गर्नुभएको थियो । त्यसपछि सम्पादक भएर २०५४ सालमा चितवन पोष्ट सप्ताहिक प्रकाशन सुरु गर्नु भई २०५६ सालदेखी चितवन पोष्ट दैनिक बनाउँदै निरन्तरत पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो ।

पत्रकार अर्याल साहित्य क्षेत्रमा समेत सक्रिय हुनुहुन्थ्यो । उहाँका अनुमतिका गीत (२०३६), सिर्जनाका धुनहरु (२०५६), तिम्रा मेरा बातहरु (२०६०), अन्तरमनका छालहारु (२०६९), प्रतिनिधि कविताहरु (२०७१), तृष्णा (२०७४) कृतिहरु प्रकाशित छन् ।

पत्रकार अर्यालको वि.सं.२०१२ साल मंसिर २९ गते जन्म भएको थियो ।

यसैबीच चितवन पत्रकार महासंघलगायतका चितवनका पत्रकार संघ संस्थाले अर्यालको निधनमा शोक व्यक्त गरेका छन्। हलकारो परिवार पनि यस घडीमा मृतात्मा प्रति श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवार प्रति समवेदन प्रकट गर्दछ।

Loading...