संसदलार्इ तालिम दिन युएनडीपीको ६४ करोड

काठमाडौँ । देशको नीति निर्माण गर्ने जनप्रतिनिधि सांसदलार्इ तालिम दिन युएनडीपीले करिब ६४ करोड रूपैयाँ सहयोग गर्ने भएको छ।

संसदमा दाताको प्रभाव बढ्दै गएको भन्दै संसदभित्र दाताहरूलार्इ निरुत्साहित गर्नुपर्ने आवाज उठिरहेका बेला संसद् सचिवालयले सांसदहरुको सशक्तीकरणका लागि भन्दै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) बाट झन्डै ६४ करोड रुपैयाँ सहयोग लिने सम्झौता गरेको हो।

संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई र यूएनडीपीका प्रतिनिधि खरेनउड मेयरबीच ५९ लाख १५ हजार २ सय ५७ अमेरिकी सहयोगको सम्झौता भएको हो ।

Loading...