चितवनमा पहिलो पटक र–बाज हुँदै

चितवन । अर्वान डायरिज चितवनको आयोजनामा यहि असार २ गते चितवनमा पहिलो पटक र बार्ज चितवन हुने भएको छ । लायन्सचोकमा रहेको ग्राउण्ड जिरो क्याफेमा र बार्ज चितवन हुन लागेको आयोजकले आज नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ ।

नेपालका विभिन्न भागमा कला क्षेत्रसंग सम्बन्धित कार्यक्रमहरु गर्ने क्रममा अर्वान डायरिजले चितवनमा पनि कार्यक्रमको आयोजन गर्न लागेको हो । युवाहरुको प्रतिभालाई उजागर गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको अर्वान डायरिज चितवनका अध्यक्ष संकेत गौतमले जानकारी दिनुभयो । कार्यक्रममा र्याप ब्याटल र बिट बक्स ब्याटल समेत हुनेछ ।

सो कार्यक्रममा पाच पचपन्न नामले परिचित चिराज सिंह खड्काले पनि आफ्नो प्रस्तुति दिने बताईएको छ । यस संस्थाले यसअघि काठमाण्डौमा पनि ४ वटा सिजनको आयोजना गरीसकेको छ । चितवनमा भने यो प्रस्तुति पहिलो पटक आयोजन गर्न लागिएको हो । कार्यक्रम हेर्नको लागि प्रबेश शुल्क प्रति ब्यक्ति २ सय रुपैया रहेको छ ।

प्रस्तुतिको लागि १२ जना र्यापर र १२ जना बिट बक्सरहरुले भाग लिनेछन् । १२ जना र्यापर मध्ये २ जना भने काठमाण्डौबाट आउने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । अर्वान डायरिजले गत बैशाख १५ गते अडिसनबाट १२ र्यापर र १२ जना बिट बक्सरहरुलाई छनौट गरेको थियो ।

कार्यक्रमबाट प्राप्त भएको रकम खर्च कटाएर गैडाकोटमा रहेको सुनौलो समाज संस्थालाई सहयोग गर्ने उहाले जानकारी दिनुभयो ।

Loading...