दाउन्नेमा खानेपानीको अभाव

नवलपुर । विनयी त्रिवेणी गाउंपालिका २ दाउन्ने कैलाश धाममा खानेपानीको चरम अभाव छ । मन्दिर दर्शनका लागि जाने भक्तजन र पुजारीका लागि खानेपानी नहुदा समस्या परेको हो ।

वर्षायाममा आकासे पानी जम्मा गरेर केही महिनाका लागि जोहो भएपनि हिउंदमा पीउने पानीका लागि भौतारीनुपर्ने अवस्था रहेको छ । दाउन्ने देवीको मन्दिर बाट करिब २ किलोमिटर डाडांमा अवस्थित धाम रमणीय र धार्मीकरुपमा महत्वपुर्ण मानिन्छ । दाउन्ने मन्दिर देखी करिब १ घण्टाको पैदल हिडेपछि धाममा पुगिन्छ ।

परापुर्वकालमा पर्शुराम ऋषि, बाल्मीकी ऋषिले तपस्या गरेको स्थान भएकाले धामलाई पवित्र मानिन्छ । २०३० सालमा परमानन्द गुरुले पवित्र भुमीको खोजी गर्ने क्रममा पत्ता लागेको धाममा यज्ञशाला , मठमन्दिर , १ सय ८ शिवलिङग र खडे महादेवको हिमालय पर्वत निमार्ण गरीएको छ । धामको प्रवेशद्धार देखी नै मठ स्थापना गरीएकाले दर्शनार्थी दर्शन गर्दै जादा धाम सम्म १ सय ८ मन्दिरको दर्शन गर्न पाउदछन् ।

पवित्र हुदाहुदै पनि यस धाम प्रचारप्रसारको अभावमा ओझेलमा परेको र खाने पानी नहुदा धामको थप विस्तारका लागि समस्या परेको श्री परमानन्द कैलाशधाम आश्रम ट्रष्टका परिषद उपाध्यक्ष गोविन्द प्रसाद सुवेदीले बताउनुभयो ।

पवित्र धाम भएर पनि खानेपानी नहुदा तिर्थयात्री यहां आउन नसकेको र पुरातात्विक दुष्ट्रिकोणले महत्व्पुर्ण यस धाममा सहयोग प्राप्त भएमा छिट्टै खानेपानी योजना सञ्चालन गर्ने योजनामा रहेको उहाले बताउनुभयो ।

Loading...