गृहमन्त्रालयको कदम प्रति गैरसरहकारी संस्था महासंघको ध्यानाकर्ष

नवलपरासी । नेपाल सरकार गृहमन्त्रालयबाट संघ संथाहरुलाई नियन्त्रण गर्ने अभिप्रायले जारी भएको सुचना प्रति नागरिक संगठनहरुको ध्यान आकर्षण भएको भन्दै गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा नवलपरासीद्धारा ज्ञापन पत्र बुझाइएको छ ।

शुक्रवार गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा नवलपरासीद्धारा र्यालि सहित जिल्ला प्रशासन कार्यलय पुगि ज्ञापन पत्र पेश गरिएको थियो । जारी विज्ञप्तीमा नेपालको लोकतान्त्रीक आन्दोलनमा मानव अधिकारको रक्षा , समाजमा व्याप्त असमानता, कुरीति कुसंस्कार तथा अनियमितताको अन्त्यका लागि महत्व पुर्ण भुकिमा र योगदान रहदै आएको भए पनि यस्ता पक्षहरुलाई नजर अन्दाज गर्दै गृह मन्त्रालयबाट जारी भएको परिपत्र मानवअधिकारका मौलिक सिद्धान्तहरु, व्यक्तिको संगठित हुन ,पाउने नैसर्गिक अधिकार लगायत नेपालको संविधानको मौलिकहकको धारा १७ अन्तरगत संघ संस्था खोल्ने स्वतन्त्रताको विरुद्ध रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा नवलपरासीका अध्यक्ष बन्द्रीनाथ नेपालको हस्ताक्षर रहेको विज्ञप्तिमा गृहमन्त्रालयले गरेको परिपत्रले सिंगो संघ संस्थालाई नै अधिकारबाट बञ्चित गरेको र यो मान्य नहुने बताएको छ । यस्तै ज्ञापन पत्र बुझ्दै साहायक जिल्ला अधिकारी श्रीनाथ पौडेलले प्राप्त भएको विज्ञप्तिलाई संम्बन्धित निकायमा पुर्याउने बताउनुभयो ।

Loading...