सुजुकीको तेस्रो संस्करणको स्विफ्ट कार चितवनको बजारमा

चितवन, सुजुकीको प्रतिष्ठित ब्राण्ड स्विफ्ट कारको तेस्रो संस्करणको मोडल बजारमा नेपाली बजारमा भित्रिएको छ । स्विफ्टको तेस्रो संस्करणको मोडल आईतबारदेखी चितवनको बजारमा समेत भित्रिएको छ । सुजुकीको चार पाङ्ग्रे सवारी साधनको चितवनका लागि आधिकारिक विक्रेता जेपी मोटर्स प्रा.लि.ले स्विफ्टको तेस्रो संस्करणको मोडल चितवनको बजारमा ल्याएको हो ।

यस मोडेलको कारको आइतवार एक कार्यक्रमकाबीच जेपी मोटर्सका प्रबन्ध निर्देशक प्रतिक श्रेष्ठ र प्रमुख अतिथि उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले संयुक्त रुपमा कार सार्वजनिक गर्नुभयो । यस नयाँ स्विफ्ट कारको विशेषता भनेकै सिंगल एपर्चर फ्रन्ट ग्रील, एल इ डि प्रोजेक्टर हेड ल्याम्प, कट टु–टोन अलोय व्हील तथा अर्बन स्याटिन क्रोमयुक्त इन्टेरियर सहित एक उत्कृष्ट डिजाइन हो ।

यसका साथै १.२ लिटर भिभिटि र दुवै पेट्रोल र डिजेलमा अटो गियर सिफ्टजस्ता प्रविधिले उच्चस्तरीय पर्फोमेन्सर यात्रु, पैदल यात्री एवं बालबच्चाको सुरक्षामा केन्द्रित डुवल एयर ब्याग, इबिडि सँगै एबिएस, आइसोफिक्स् र टोटल इफेक्टििभ कन्ट्रोल टेक्नोलोजी प्रविधि पनि अर्को विशेषता हो । सुजुकीको अभिनव पाँचौ संस्करण हर्टेक्ट प्ल्याट फर्ममा निर्मित नयाँ स्विफ्टको पावर र तौलको उत्कृष्ट अनुपात सहित सुधार गरिएको एक्सलरेशन पर्फोमेन्स् सहित बजारमा ल्याइएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले कारका पारखीहरुलाई स्विफ्टको नयाँ मोडल पनि उत्कृष्ट हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कार प्रयोग गर्नेको संख्या बढ्दै गईरहेको भन्दै विक्रीपछिको स्तरीय सेवामा समेत ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले चितवनको व्यवस्त बजार नारायणगढलाई व्यवस्थित गराउन जथाभावी कार पार्किङलाई पनि निरुत्साहित गरिएको र फुटपाथ व्यवसायलाई समेत हटाई सकिएको बताउनुभयो ।

सो कार्यक्रममा बोल्दै जेपी मोटर्सका प्रवन्ध निर्देशक प्रतिक श्रेष्ठले विक्रीपछिको स्तरीय सेवा दिन जेपी मोटर्स सदैव तयार रहेको प्रतिवद्धता जनाउनुभयो । उहाँले नयाँ स्विफ्ट कार ग्राहकवर्गले मन पराउनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयोः “यस नयाँ स्विफ्ट यसको आकर्षक रुप तथा उत्कृष्ट पर्फोमेन्सको लागि रुचाइएको छ । यस नयाँ संस्करणसँगै, यसका फिचरहरु एक नयाँ शिखरमा पुगेका छन् ।

२००५ मा यसको सुरुवातसँगै स्विफ्ट राष्ट्रकै पहिलो रोजाइको सवारी बन्न पुगेको छ । मजबुति, उत्कृष्ट पर्फोमेन्स् तथा आधुनिक सुरक्षा प्रविधियुक्त यस नयाँ प्रस्तुती सुजुकीको अभिनव पाँचौ संस्करण हर्टेक्ट प्ल्याट फर्ममा निर्मित छ । नयाँ फिचरहरुले भरिपूर्ण यस सवारीले उपभोक्तालाई निश्चित रुपमा उत्साहित गर्नेछ । ”
उहाँले थप्नु भयो–“म विश्वस्त छु, यस नयाँ स्विफ्टसँगै हामी हाम्रा उपभोक्ताहरुका भावनालाई बुझेर उहाँहरुको अपेक्षा अनुसारको सवारी प्रदान गर्न सफल रहनेछौँ । यस्तै जेपी मोटर्सका निर्देशक जेम्स महतोले स्विफ्टको यस नयाँ मोडेल चितवनका गाडी पारखीहरुले मन पराउनेमा विश्वास व्यक्त गर्नुभयो । “नेपालका लागि यो गाडी सुहाउँदो छ, चितवनबासीले पनि यसलाई मन पराउनुहुनेछ”–निर्देशक महतोले भन्नुभयो ।
उपभोक्ताहरुले यस नयाँ स्विफ्टको सर्वोत्कृष्ट फ्युल इफिसेन्सीको प्रशंसा गर्नेमा विश्वास लिईएको छ । यस मोडेलले पेट्रोलमा २२.० किमि÷लिटर प्रदान गर्दछ । २८ प्रतिशत धेरै लगेज स्पेसको सुविधा प्रदान गर्ने यस सवारीको ४० मिमि धेरै चौडा र २० मिमि लामो व्हील बेस रहेको छ । यस मोडेलको विकासमा रु.७०० करोडभन्दा धेरै लागत देखिएको छ ।

यस सवारीको प्रारम्भिक अफर सहित मूल्य रु. २८,९९,००० तोकिएको छ ।सुजुकीका चार पाङ्ग्रे सवारी साधनको चितवनका लागि आधिकारिक विक्रेता जेपी मोटर्स भरतपुरस्थित हाकिम चोकमा रहेको छ । चितवनमा सुजुकी चार पाङग्रे सवारी साधन धेरै विक्री हुने गरेको छ । विक्री पछिको सेवा र सुजुकी गाडी आकर्षक भएकाले चितवनमा सुजुकी चार पाङग्रे सवारी साधन धेरै विक्री हुनेमा पर्दछ ।

Loading...