बजेटमाथिको छलफलः सांसदमा विरोधमा बोल्न नदिनु सरकारको अधिनायकवादी चरित्र

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफलका क्रममा सांसदहरूले सरकार मधेसप्रति अनुदार भएको अारोप लगाएका छन्।

विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा सामान्य प्रशासन, शहरी विकास र वन तथा वातावरण मन्त्रालयअन्तर्गतका विषयमा भएको छलफलमा भाग लिँदै सांसद दुर्गाबहादुर रावलले सरकार नीति, विधि र थितिअनुसार नचलेको आरोप लगाए।

सांसद राजकिशोर यादवले सरकार मधेशसँग अनुदार भएको, सिरहा जिल्लालाई सौतेनी आमाको व्यवहार गरेको अारोप लगाउँदै आफ्नै दलका सांसदलाई पनि धेरै नबोल्नू भनी दिएको निर्देशन अधिनायकवादको चरित्र भएको बताए।

प्रधानमन्त्री केपी शर्मा अोलीले शनिबार अाफ्ना दलका सांसदहरूलार्इ सदनमा बजेटको विरोध नगर्न निर्देशन दिएका थिए।

Loading...