भरतपुरमा खुल्यो पपुलर जेन्स पार्लर

चितवन । चितवनको भरतपुरमा पपुलर जेन्स पार्लर सन्चालनमा आएको छ । पार्वतिपुरका युवा श्रीराम सिग्देल सुलभले २० लाखको लागतमा चौबिसकोठी अस्पताल रोडमा निकै सुबिधा युत्त पार्लर सन्चालनमा ल्याउनु भएको हो । पार्लरमा मसाज देखि कपाल काट्ने कपालमा कलर गर्ने मेकअप लगाएत सबै खाले सुबिधा रहेको उहाको भनाई छ ।

पार्लरबाट अध्याधुनिक प्रबिधि मार्फत सेवा प्रदान गरिने उहाले बताउनु भयो । एक पटक आफनो पार्लरमा आएर सेवा लिन समेत उहाको आग्रह छ । पार्लरको प्रदेश सभा सदस्य बिजय सुबेदीले उद्धघाटन गर्नु भयो । पार्लरको उद्धघाटन गर्दै उहाले सानो सानो काम गर्न नेपालिहरुले मन नगर्ने तर बिदेशमा गएर जस्तो सुकै पनि काम गर्न तयार हुने कारणले गर्दा नेपालि युवा बेरोजगार हुन परेको बताउनु भयो ।

सानो सानो काममा मन लगाएर गर्न सके त्यसबाट धेरै आम्दानी गर्न सकिने भएकाले यस्ता काममा युवाहरुको मन जानु पर्ने बताउनु भयो । भारतियले मात्रै गर्ने गरेको यो पेशा नेपालि युवाले गर्नु आफैमा निकै गौरवको बिषय भएको बताउदै उहाले तन मन धन लगाएर ईमानदारीताका साथ ब्यवसाय गर्न आग्रह गनुृ भयो ।

उहाले आफनो कपाल कटाएर पार्लरको उद्धघाटन गर्नु भएको हो । अन्य युवाहरुलाई तालिम समेत प्रदान गरी अन्य क्षेत्रमा यस्ता पार्लर सन्चालनगर्न सक्ने दक्ष बनाउन पनि उहाले आग्रह गर्नु भयो ।
कार्यक्रममा बोल्दै पत्रकार नवराज ढकालले केहि गर्न चाहने युवाहरुलाई साथ दिनु पर्ने बताउनु भयो ।

Loading...