देवचुली नगरपालिका वडा नम्बर १६ र १७ का कृषकहरुलाई तरकारी एवम धान खेति सम्बन्धि तालिम सुरु

- बिबेक भण्डारी

नवलपुर । कृषकहरुलाई प्रदान गरिने कृषि जन्य तालिम कृषकहरुका लागि अति आवस्यक रहेको कृषकहरुले बताएका छन । नेपालका अधिकाशं कृषकहरुको मुख्य पेशा नै कृषि भएको हुदा कृषि सम्बन्धि तालिम आवस्यक रहेको बताएका छन ।

मंगलवार देवचुली नगरपालिका वडा नम्बर १६ र १७ का कृषकहरुलाई तरकारी एवम धान खेति सम्बन्धि प्रदान गरिएको तालिममा बोल्ने कृषकहरुले सो कुरा बताएका हुन । देवचुली नगरपालिकाद्धारा आयोजना गरिएको दुई दिने तरकारी तथा धान खेति सिप विकास कार्यक्रममा देवचुलि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मानबहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत खड्काले नगरपालीकाले तरकारी तथा पशुपालनलाई नै प्राथमिकतामा रहेको बताउदै व्यवशायि तरकारी खेति तर्फ कृषक लाग्नु पर्ने बताउनुभयो । उहाले नगरपालिका प्रदान गरेको कृषि तालिम कत्तिको उपयोगि हुन्छ र आगामि दिनमा यस्ता तालिमको लागि बजेट छुट्याउन पर्छ कि पर्दे भनि जानकारी गराउन कृषकहरुलाई अनुरोध गर्नुभयो ।

मंगलवार र बुधवार दुई दिन सम्म आयोजना हुने कृषि तालिममाको अध्यक्षमा देवचुली १६ का वडा अध्यक्ष केसरबहादुर क्षेत्रीको अध्यक्षतामा आयोजना गरिएको हो । कार्यक्रममा बाल्दै अध्यक्ष क्षेत्रीले देवचुलि नगरपालीकामा कृषकहरुका लागि पहिलेको तुलनमा अहिले कृषि जन्य वस्तुमा अनुदान बढि आएको हुदा कृषकहरु पनि सोहि अनुसार लाग्नु पर्नेमा जोड दिनुभयो ।

दुई दिन सम्म आयोजना हुने तालिममा तरकारी खेति, तरकारीमा हुने समस्या र निराकरण, धान खेतीका लगायतका विषयमा कृषकहरुलाई तालिम प्रदान गरिने कृषि शाखा रजहरका प्रमुख अलाउदिन खानले जानकारी दिनुभयो । आयोजित तालिममा देवचुलि वडा नम्बर १६ र १७ का ३० जना कृषकहरुको सहभागिता रहेको थियो ।

Loading...