सर्वोच्चको अादेश नमान्ने सरकार !

काठमाडौँ । सर्वोच्च अदालतले २०५६ जेठ ३१ गते थापाथली प्रसुतिगृह छेउको पाञयनघाटदेखि बागमति किनारमा कानुन मिचेर बाटो बनाएको देखिएकाले निर्माण रोक्नु र अनभिकृत बाटो निर्माण कार्य गर्न गराउन नदिनु भन्दै अादेश दियो।

धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वको स्थान संरक्षण गर्न सरकारलार्इ सर्वोच्चको आदेश थियो । स्थानीय प्रशासन र काठमाडौं महानगरपालिकाका नाममा सर्वोच्चले यस्तो आदेश दिएको थियो ।

सोही बर्ष असार २९ मा बागमती नदीको स्वच्छता कायम राख्न सरकारमा नाममा परमादेश जारी भयो । तर दुवै आदेश कार्यान्वयन गर्न यी निकायले भने चासो दिएका छैनन भन्दै आजको नागरिक दैनिकमा समाचार छ ।

Loading...