सि–किम भेटवार्ता: उत्तर कोरियाको साथमा सधैँ रहने सीको प्रतिवद्धता

बेइजिङ । चिनियाँ राष्ट्रपति र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच भेटवार्ता भएको छ। बुधबार विहान भएको भेटवार्ताका क्रममा दुबै नेताहरुबीच दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउउने विषयमा छलफल भएको थियो।
भेटवार्ताका क्रममा दुबै नेताहरुले दुबै देशको सम्बन्धलाई रक्षा गर्दै थप विकास र परिस्कृत गर्दै लैजान सहमत भएका छन्। कोरियाली प्रायद्वीपमा शान्ति र स्थायीत्वको लागि एकआपसमा साझेदरी गर्दै विश्व र क्षेत्रीय शान्ति, स्थायीत्व, समृद्धि र विकासका लागि एक भएर अगाडि बढ्ने सहमति भएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।
पछिल्लो तीन महिनाको अन्तरालमा चिनियाँ राष्ट्रपति सी र उत्तर कोरियाली नेताबीच तीन पटक भेटवार्ता भएको छ।
‘चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) र चिनियाँ सरकार चीन–उत्तर कोरियाली सम्बन्धलाई महत्व राख्दै मैत्रीपूर्ण साझेदारीलाई अगाडि बढाउन चाहन्छ,’ भेटवार्ताका क्रममा सीले भनेका छन्, ‘अन्तर्राष्टि तथा क्षेत्रीय अवस्थामा परिवर्तन आए पनि सीपीसी र चिनियाँ सरकार उत्तर कोरियासँगको सम्बन्धलाई मजबुद बनाउन चाहन्छ। यसले दुई देशबीचको सम्बन्ध, चिनियाँ जनता र उत्तर कोरियाली जनताबीचको सम्बनधका साथै समाजवादी उत्तर कोरियालाई सहयोग गर्ने चिनियाँ नीतिमा परिवर्तन हुने छैन्।’
भेटवार्ताका क्रममा उत्तर कोरियाली नेता किमले चिनियाँ सहयोगका लागि आभार प्रकट गरेका थिए।
‘दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पु¥याउनका लागि मैले हाम्रा पार्टीका सबै सदस्य तथा उत्तर कोरियाली जनतालाई महासचिव कमरेड र मेराबीचमा भएको समझदारीलाई कार्यान्वयनका लागि निर्देशन दिने छु,’ किमले भने, ‘उत्तर कोरिया कोरियाली प्रायद्वीपमा स्थायी शान्ति स्थापनाका चीनसँग मिलेर काम गर्न पाउनेमा विश्स्त छ। कोयिाली प्रायद्वीपमा अनन्त शान्तिका लागि दुबै देश मिलेर काम गर्ने छौँ।’

Loading...