भरतपुर कारागारमा ६४१ कैदी १२९ जना लागु अाैषध मुद्दाका

चितवन । अन्तर्राष्ट्रिय लागु औषध विरुद्धको दिवसको सप्ताहब्यापी कार्यक्रम अन्र्तगत बुधवार कारागारमा रहेका कैदी बन्दीहरुलाई सचेत गराउदै शुरुवात गरिएको छ ।

लागु औषध ओसारपोसारको हव बन्दै गएको नेपालकै मध्य क्षेत्रमा रहेको चितवन जिल्लामा लागु औषध विक्रेता, ओसारपोसारकर्ता र सेवन कर्ता समेत बढ्दै गएकोले सचेतना कार्यक्रम गरिएको हो । चितवनको भरतपुर कारागारमा रहेका ६ सय ४१ कैदी बन्दी मध्य २० प्रतिशत अर्थात १ सय २९ जना कैदी बन्दी लागु औषध कारेवारमा जेल परेको भन्दै आगामी दिनमा यस्तो अवस्थालाई न्युनिकरण गर्न यस्तो सचेतना आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनु भएको थियो ।

जिल्ला प्रशासन कार्यालय चितवनले आयोजना गरेको कार्यक्रममा बस्नेतले लागु औषध दुब्यसनमा लागेकाहरुलाई सचेतना दिने , सचेतनाले नसम्झे पुर्नस्थापनामा लैजाने र ति दुवै तरिकाले काम नगरे , कानुनी उपचारमा गई जेल सजाँय गरिने बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णकुमार डल्लाकोटीले अहिलेको अवस्थामा देशको भरोसाका खम्वा युवाहरु लागु औषध प्रयोगमा लागेकोले यो अत्यन्तै दुखत भएको बताउनु भयो ।

२ सय ५५ जना क्षमताको भरतपुर कारागारमा क्षमताको तिन गुणा वढी कैदी बन्दी रहेको अवस्था छ । सचेतना कार्यक्रममा सवै कैदीवन्दीहहरु सचेतना दिदै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सुशिलस्ािंह राठौरले लागु पदार्थ ओसारपोसार र विक्रेताहरुले फरक तरिका अपनाउने , एड्स रोगी र बुढा बुढीले विक्रेताको रुपमा कार्य गर्ने गरेकोले चुनौती थपिएको बताउनु भयो । सचेतना कार्यक्रममा सुरक्षा निकायका प्रमुख, चिकित्सक, पुर्व लागु औषध प्रयोगकर्ता लगायतको उपस्थिति रहेको थियो ।

Loading...