भरतपुर अस्पतालको विकासका लागि अल्पकालिन र दीर्घकालिन योजना

चितवन । भरतपुर अस्पतालको व्यवस्थापनका लागि अल्पकालिन र दिर्घकालिन योजना बनाइने अस्पतालका निमित्त मेसु डा. रविन खड्काले वताएका छन् । बुधबार पत्रकारहरु संगको भेटघाट कार्यक्रममा बोल्दै मेसु डा. खड्काले इमरजेन्सि सेवालाइ चुस्तदुरुस्त बनाउन प्राथमिकता दिइने वताएका हुन् ।

अस्पतालमा पर्याप्त जनशक्तिको अभाव भएकाले सेवा प्रवाहमा सहज बन्न नसकेको उनले स्विकार गरेका हुन् । इमरजेन्सिका विरामीहरुलाइ दुखाई कम गर्ने औषधि दिने बाहेक अरु काम नभएको भन्ने कुरालाइ स्विकार गर्दै उनले रातिको समयमा भएको अस्तव्यस्ततालाइ योजनागत रुपमा व्यवस्थापन गरिने जानकारी दिए ।

६ सय शैयाकोा भरतपुर अस्पतालमा करिब ६ सयको हाराहारिमा मात्रै चिकित्सक एवं कर्मचारीहरु रहेका छन् । त्यस्तै स्वास्थ्य विमा सेवा लिने सेवाग्राहिको संख्या दिनप्रतिदिन बढ्दै जांदा अस्पतालमा सेवा लिनेको भिड लाग्ने गरेको छ । स्वास्थ्य बिमाका विरामीहरुको यकिन गर्नै ३ देखि ५ मिनेट सम्म लाग्ने अस्पतालका सुचना अधिकारी एवं सामाजिक सेवा ईकाइ प्रमुख गोपाल पौडेलले वताए ।

उनका अनुसार हाल अस्पतालमा दैनिक ३ सय ५० जना सम्म स्वास्थ्य बिमाका विरामीहरु आउने गरेका छन् । भरतपुर अस्पतालको ओपिडि देखि औषधि किन्ने फार्मेसी सम्म विरामीहरुको भिड लाग्ने गरेको छ ।

Loading...