प्रदेशका १३ वट जिल्लामा एक एक वटा चिस्यान केन्द्र तथा कोल्ड स्टोर स्थापना गर्ने: मन्त्रि लामा

चितवन । पुर्बी चितवनको राप्ती नगरपालिकामा रहेको भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाले २० लाख बराबरको अनुदान रकम रकम बितरण गरिएको छ । नेपाल सरकारको गाईभैसी प्रर्वद्धन कार्यालयबाट प्राप्त २० लाख अनुदान रकम किसान समक्षय वितरण गरिएको हो ।

साविक भण्डारा गाविस हाल राप्ती ४,५ र ६ का गाईभैसी पालन गर्ने किसानहरुलाई आर्थिक वर्ष २०७३÷७४ मा संकलन भएको २२ लाख ४ हजार लिटर दुधको प्रति लिटर ९१ पैसाका दरले २० लाख ३ सय ३७१ रुपैया वितरण गरिएको भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष डिल्लीप्रसाद थपलियाले जानकारी दिए । 

प्रदेश नम्वर ३ का कृषि,सहकारी तथा भुमी व्यवस्था मन्त्री दावा दोर्जे लामाको उपस्थितमा बितरण गरिएको अनुदान कार्यक्रममा लामाले अनुदान रकम मध्ये ७० प्रतिशत रकम दुरुपयोग हुने गरेको बताउनु भएको थियो । वास्तविक किसानका लागि भनेर दिईने अनुदान रकम ७० प्रतिशत सम्म दुरुपयोग हुने गरेको आँफुले भेटेको बताउनु भएको हो । मन्त्री लामाका अनुसार आउने आर्थिक वर्षदेखी सुरु हुने गरी प्रदेशका १३ वट जिल्लामा एक एक वटा चिस्यान केन्द्र तथा कोल्ड स्टोर स्थापना गर्न लागेको समेत बताउनु भएको थियो ।

अनुदान बितरण कार्यक्रममा १ रुपैया देखी ५६ हजार सम्म किसानले अनुदान रकम पाएका थिए । सवैभन्दा धेरै अनुदान रकम पाउनेमा दनाई गाईपालन व्यवसायिक फर्म रहेको छ । उसले ५६ हजार ३९० रुपैया प्राप्त गरेको छ । सहकारीका अध्यक्ष थपलियाको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा नम्वर ६ का वडाध्यक्ष जल्लु महतो,कार्यपालिका सदस्य पुष्पा केशी, पशु सेवा शाखा प्रमुख शैलेन्द्र भण्डारी,जनमुखी वहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष पुर्ण वहादुर थापा, भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाका उपाध्यक्ष डालवहादुर श्रेष्ठ,सचिव रामचन्द्र हुमागांई लगायतले मन्तव्य राखेका थिए ।

Loading...