आदिकवी भानुभक्त माध्यमिक विद्यालयमा यस वर्षदेखी सिभिल ईन्जिनियरिङ अध्यापन हुने

चितवन । चितवनको नारायणगढमा रहेको आदिकवी भानुभक्त माध्यमिक विद्यालयमा यसवर्षदेखी सिभिल ईन्जिनियरिङ अध्यापन हुने भएको छ । शुक्रबार नारायणगढमा भएको पत्रकार सम्मेलनमा विद्यालयले डिप्लोमा तहमा सिभिल ईन्जिनियरिङ अध्यापन गराउन लागिएको जानकारी दिएको हो । विद्यालयमा आँपटारी खण्डमा प्राविधिक शिक्षा प्रदान गर्न लागेको हो ।

आगामी वर्ष अन्य विषय थप गरी विद्यालयलाई पूर्णरुपमा प्राविधिक शिक्षालय बनाईने विद्यालयका प्रधानाध्यापक विष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । प्रधानाध्यापक सापकोटाले आगामी वर्षदेखी विज्ञान संकायमा कक्षा ११ र १२ संचालन गर्ने र आगामी दुई वर्र्षिभत्र विद्यालयलाई पूर्ण रुपमा प्रविधियुक्त विद्यालय निर्माण गरिने समेत जानकारी दिनुभयो ।

यस्तै विद्यालय परिसरमा अभिभावक प्रतिक्षालय निर्माण, व्यवस्थित शिशु कक्ष, हल निर्माण, सिसि क्यामरा व्यवस्थापन, स्मार्टबोर्ड सहितको आईसिटी व्यवस्थापन गरिएको छ । राजनीतिको नकरात्मक प्रभाव यस विद्यालयमा पनि परेको र, अहिले सबै मिलेर विद्यालयको स्तर उकास्नमा लागेको र जिल्लाकै नमुना विद्यालय बनाएर छाड्ने अध्यक्ष बद्री अधिकारीले बताउनुभयो ।

आउदो माघ १५ गते भव्य रुपमा विद्यालयले स्वर्ण महोत्सव मनाउन लागेको छ । स्वर्ण महोत्सव भव्य रुपमा सफल पार्न विद्यालय व्यवस्थापन समितिका संयोजक बद्री अधिकारीको संयोजकत्वमा १०५१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । यस्तै ९ सदस्यीय सचिवालय र ३१ जनाको स्टेरिङ कमिटि रहेको छ । यसैगरी कार्यक्रमलाई सफल बनाउन २९ वटा उपसमितिहरु गठन गरिएको छ ।

असार २९ गते भानु जयन्ती पनि मनाईदैछ । यस्तै स्वर्ण महोत्सवको अवसरमा स्मार्ट बोडै उद्घाटन, पूर्व विद्यार्थीहरुको विशेष सहयोगमा रक्तदान कार्यक्रम, पूर्व विद्यार्थीहरुको विशेष सहयोगमा स्वास्थ्य शिविर, स्वर्णद्धार तथा स्वर्ण स्तम्भ निर्माण, भरतपुर महानगरस्तरीय अन्तर विद्यालय नृत्य प्रतियोगिता, अन्तर विद्यालय विज्ञान प्रदर्शन प्रतियोगिता, जुरेसका विशेष सहयोगमा जिल्ला स्तरीय गाउखाने प्रतियोगिता, पूर्व विद्यार्थीहरुको विशेष सहयोगमा जिल्लास्तरीय चित्रकला प्रतियोगिता, जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता, अन्तर सदनात्मक फुड फेष्टिवल तथा सम्मानका कार्यक्रमहरु राखिएको विद्यालयका प्रधानाध्यापक विष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

विद्यालयले स्वर्ण महोत्सवको अवसरमा अर्थ संकलनको योजना समेत बनाएको छ । सो अवसरमा एक करोड ५० लाख सहयोग रकम संकलन गरी एक करोड भौतिक निर्माणमा खर्च गरिने र बाँकी ५० लाख विद्यालयको नाममा वृहत अक्षयकोष स्थापना गर्ने योजना बनाईएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले बताउनुभयो । उहाँले स्वर्ण महोत्सव समापन समारोहमा सरकारका उच्चपदस्थ व्यक्तिलाई निमन्त्रणा गरिने बताउनुभयो ।

Loading...